२५ माघ, काेहलपुर । बाँकेकाे कोहलपुरमा बिहिबारदेखि प्रादेशिक महाेत्सव संचालनमा आएकाे छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ काेहलपुरद्वारा संचालित महाेत्सवकाे भौतिक पुर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उद्दघाटन गरेका छन ।
महाेत्सवकाे उद्घाटन गर्दै मन्त्री ज्वालाले स्थानिय उत्पादनलाई विशेष प्राथमिक दिनुपर्ने बताए । महोत्सवलाई मनोरञ्जनका रुपमा मात्र सिमित गर्न नहुने भन्दै मन्त्री ज्वालाले आर्गनिक उत्पादनलाई प्रवर्दन गरी स्थानियलाई आयआर्जनको क्षेत्रमा जाेड्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरे ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
महोत्सव उद्घाटन अघि विभिन्न साँस्कृतिक झाँकि सहितकाे र्यालि निकालिएकाे थियाे । जसमा दलित सेवा समाजको महिलाहरुको ‘पञ्चेबाजा’, गन्दर्र्भ समाजको ‘सारङ्गिको धुन’, जाजरकोटी समाज, दैलेखी समाज, थारु समाज लगायतले आ-आफ्नो प्रस्तुती देखाएका थिए ।
महोत्सवमा लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्ण केसी नमूना, संघिय सभा सदस्य सुर्य ढकाल, सभा सदस्य दुर्गा प्रसाद चौधरी, बसन्ती अधिकारी लगायत दर्जन बढिले महाेत्सव सफलताकाे शुभकामना सहितकाे मन्तब्य राखेका थिए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुरका संयोजक हेम विक्रम जिसीले महोत्सव सञ्चालनमा सबैको सहयोगको अपेक्षा गरेको बताए ।
महोत्सव फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।
२५ माघ २०८०, बिहीबार २२:३० प्रकाशित