यातायात कार्यालय कोहलपुरमा सार्नुपर्छ : मन्त्री ज्वाला
  • काँचुली खबर

२५ माघ, कोहलपुर । भौतिक पुर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले कोहलपुरमा यातायात कार्यालय स्थापना हुनुपर्नेमा जोड दिएका छन । बिहिबारदेखी कोहलपुरमा सुरु भएको प्रादेशिक महोत्सवको उद्घाटन गर्दै मन्त्री ज्वालाले नेपालगन्जमा रहेको यातायात कार्यालयलाई कोहलपुरमा सार्नुपर्नेमा जोड दिएका हुन ।

यातायात कार्यालय लुम्बिनी प्रदेश सरकारको मातहतमा रहेकाले केन्द्र सरकारले यसका बारेमा निर्णय लिन नसक्ने जिकिर गर्दै मन्त्री ज्वालाले प्रदेश सरकारले नै पहल लिनुपर्ने बताए । उनले कार्यालय स्थानान्तरणकालागी आवश्यक समन्वय गर्न भने आफु तयार रहेको उद्घोष गरे ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

कोहलपुरमा लाईसेन्सको ट्रायल सेन्टर रहेकाले पनि यातायात कार्यालय कोहलपुरमै स्थापना गर्दा थप प्रभाबकारी सेवा प्रदान गर्न सकिने उनको भनाई थियो । भौगोलिक बनावटले पनि उपर्युक्त र राजमार्गसँग जोडिएको क्षेत्रमा यातायात कार्यालय हुनुपर्ने उल्लेख गर्दै मन्त्री ज्वालाले यथासिघ्र कार्यालय स्थानान्तरणको प्रक्रिया अगाडी बढाउन प्रदेश सरकारलाई आग्रह समेत गरेका छन ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुरको आयोजनामा संचालन गरीएको “पाँचौ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि प्रबिधी, ब्यापार एवं पर्यटन महोत्सब” को उद्घाटन शत्रमा बोल्दै मन्त्री ज्वालाले कोहलपुरमा रिङ्ग रोड निर्माणकालागी आवश्यक बजेटको ब्यवस्था मिलाउने प्रतिवद्धता समेत जनाए । उनले आफ्नै कार्यकालमा चप्परगौंडीदेखी सल्यानको घुईयाबारीसम्म जोड्ने सडक निर्माण कार्य अगाडी बढ्ने दावी गर्दै सडक निर्माणमा देखिएका समस्या समाधानकालागी आवश्यक पहल भईरहेको उल्लेख गरे ।

  • २५ माघ २०८०, बिहीबार १९:०० प्रकाशित
  • Nabintech