आजदेखि काेहलपुरमा प्रादेशिक महाेत्सव, मन्त्री ज्वालाले उद्घाटन गर्ने
  • काँचुली खबर

२५ माघ, काेहलपुर । बाँकेकाे काेहलपुरमा आजदेखि महाेत्सब संचालन हुने भएकाे छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुरको आयोजनामा हुन लागेको “पाँचौ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि प्रबिधी, ब्यापार एवं पर्यटन महोत्सब”को उद्घाटन भौतिक पुर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गर्ने छन ।

नेपाल घरेलु तथा साना उद्योग महासघ कोहलपुर नगर समिती तथा महिला उद्यमी समितिको मुख्य आयोजनामा माघ २५ गतेदेखि फागुन ४ गतेसम्म कोहलपुर ११ न्युरोड स्थित खुल्ला मैदानमा प्रादेशिक स्तरीय महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएकाे छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

महोत्सवले पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनलाई बजारीकरण गर्नका लागि टेवा पुर्याउने नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुरका अध्यक्ष तथा महाेत्सव मुल समिति संयोजक हेम विक्रम जिसीले बताए ।

कोहलपुर नगर क्षेत्रमा आन्तरिक पर्यटक भित्र्याउन, यहाँको मौलिक कला सँस्कृती सभ्यता तथा मनमोहक प्राकृतिक सभ्यताहरुलाई राष्ट्रिय स्तरमा चिनाउनका साथसाथै प्रर्यटन प्रवर्धन र राष्ट्रिय अर्थतन्त्र विकासमा महोत्सवका माध्यमबाट टेवा पुर्याउने उदेश्य रहेकाे जिसीले बताए ।

महोत्सबमा २ सय ६० स्टल रहने बताईएकाे छ । महोत्सव अवधिभर २ लाख दर्शकले अबलोकन गर्ने आयोजकले लक्ष्य लिएको छ । महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहनुकासाथै टक शाे कार्यक्रमलाई समेत प्राथमिकता साथ समावेश गरीएकाे आयाेजकले जनाएकाे छ ।

  • २५ माघ २०८०, बिहीबार ०८:०३ प्रकाशित
  • Nabintech