२३ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा उपभोक्ताको हित विपरीत सञ्चालनमा आएको एक चाउमिन तथा सस उद्योगलाई कारबाही गरिएको छ । उपभोक्ताको हित विपरीत सञ्चालनमा आएको कोहलपुरस्थित मामा भान्जा चाउमिन तथा सस उद्योगलाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।
उपभोक्ताले गरेको गुनासोका आधारमा सोमबार उक्त उद्योगमा अनुगमन गर्दा उत्पादन भएका वस्तुमा लेवलिङ्ग नभएको तथा बिल बिजकसमेत नभएको पाइएकाले कारबाही स्वरुप पाँच हजार रुपियाँ जरिवाना गरिएको र १४ हजार ८ सय रुपियाँ बराबरको अखाद्य चाउमिन र सस नष्ट गरिएको प्रजिअ पोखरेलले बताए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
इलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख मनोजकुमार थारुको नेतृत्वमा सरोकारवाला निकायहरु सहितको टोलीले सो उद्योगमा अनुगमन गरेको उनले जानकारी दिए ।
साना उद्योगी तथा व्यवसायीहरूलाई न्यूनतम व्यावसायिक शिक्षा दिने तथा उपभोक्ताहरूलाई सचेतीकरण गर्ने कार्यमा स्थानीय तह, उद्योग वाणिज्य सङ्घ तथा नेपाल सरकारका सरोकारवाला निकायहरूले साझेदारी एवं सहकार्य गरी अगाडि बढ्नुपर्ने प्रजिअ पोखरेलले बताए ।
२३ माघ २०८०, मंगलवार १३:४४ प्रकाशित