२१ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा राष्ट्रिय स्तरको महिला क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ । कोहलपुर नगरपालिका स्तरिय नगर खेलकुद विकास समितिको आयोजनामा माघ २७ देखि फागुन ३ सम्म ‘सुशिल कोईराला स्मृति यू-१९ महिला क्रिकेट प्रतियोगिता’ संचालन हुने भएको हो ।
प्रतियोगितामा ५ टिमले सहभागीता जनाउने आयोजकले जानकारी दिएको छ । छ दिनसम्म संचालन हुने प्रतियोगितामा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित आयोजक कोहलपुर ११ टिमले प्रतिस्पर्धा गर्ने छन ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
निर्माणाधिन अवस्थामा रहेको कोहलपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताकालागी कोहलपुर नगरपालिकाले १५ लाख बजेट विनियोजन गरेको कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिए । आचार्यका अनुसार नेपाल क्रिकेट संघ (क्यान) को प्राविधिक सहयोगमा पहिलो पटक आयोजना गर्न लागिएको प्रतियोगितालाई आगामी वर्षदेखी क्यानले आफ्नो वार्षिक क्यालेण्डरमा समावेश गर्ने प्रतिवद्धता समेत जनाएको छ ।
प्रतियोगिताकालागि चिन्तामणी धिताललाई प्रतियोगिता संयोजकका रुपमा जिम्मेवारी तोकिएको नगर खेलकुद बिकास समितिका अध्यक्ष बुद्धि थापाले जानकारी दिए । उनले प्रतियोगिताकालागि काठमाण्डौंबाट क्युरेटर झिकाएर मैदान मर्मतको काम भईरहेको बताए ।
प्रतियोगिताको बिजेताले ट्रफी सहित नगद १ लाख र उपबिजेताले ५० हजार नगद पुरस्कार पाउने जानकारी दिदैं थापाले विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई समेत नगद पुरस्कारको ब्यवस्था मिलाईएको जानकारी दिए ।
कोहलपुर मैदानलाई बैधानिकता प्रदान गर्नुका साथै मैदानको स्तरउन्नतीकालागी समेत प्रतियोगिता महत्वपूर्ण रहेको राष्ट्रिय खेलकुद विकास समितिका सदस्य लेख बहादुर क्षेत्रीले बताए । निरन्तरको प्रयासले कोहलपुरमा राष्ट्रिय स्तरको प्रतियोगिता संचालनकालागि नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृती दिएको उल्लेख गर्दै क्षेत्रीले यस प्रतियोगितालाई आगामी वर्षदेखी क्यानको वार्षिक क्यालेण्डरमै समावेश गर्ने गरी लिखित प्रतिवद्धता समेत प्राप्त भएको जानकारी दिए ।
२१ माघ २०८०, आईतवार १६:२८ प्रकाशित