काेहलपुर-नेपालगन्ज सडकखण्डमा २५ वटा नयाँ जेब्राक्रस
  • काँचुली खबर

२० माघ, काेहलपुर । काेहलपुर-नेपालगन्ज सडकखण्ड खण्डमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न ठाउँमा २५ वटा जेब्राक्रस निर्माण कार्य सुरु गरिएको छ।

सडक डिभिजन कार्यालय नेपालगन्जसँगको समन्वयमा नेपालगन्जको राँझादेखि कोहलपुरसम्मको विभिन्न २५ स्थानमा जेब्राक्रस र सेन्टर लाइनको निर्माण कार्य सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीका अनुसार सडक डिभिजन कार्यालय नेपालगन्जको १२ लाख रुपियाँको लागतमा जेब्राक्रस बनाउन लागेको हो।

उनले सवारी चालक र पैदल यात्रुले जथाभाबी सडक पार गर्दा दुर्घटनाको जोखिम बढेकोले दुर्घटना न्यूनीकरण गर्न जेब्राक्रसले निकै मद्दत पुर्‍याउने विश्वास लिइएको बताए ।

दुर्घटना न्यूनीकरण गर्नु सबैको चासोको विषय भएको हुँदा नेपालगन्ज, कोहलपुर सडकखण्डमा जेब्राक्रस निर्माणको कार्य सुरु गरिएको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख नीरज शाक्यले बताए ।

  • २० माघ २०८०, शनिबार १८:०१ प्रकाशित
  • Nabintech