राप्ति नदिमा १० वटा घडियाल गोही छाडियो
  • काँचुली खबर

१९ माघ, कोहलपुर । बाँकेको राप्ती नदिमा घडियाल गोही छाडिएको छ । चितवनको कसरा प्रजनन् केन्द्रबाट ल्याईएका १० वटा (१ भाले, ९ पोथि) घडियाल गोहीलाई राप्ती नदिको ओभरी क्षेत्रमा छाडिएको हो ।

लुम्बिनी प्रदेशकी शहरी बिकास मन्त्री कृष्णा केसी (नमुना) को उपस्थिती शुक्रबार राप्ती नदिमा गोही छाडिएको हो । विश्व सिमसार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मन्त्रि केसीले नदिमा छाडीएका गोहीहरुको संरक्षणकालागी उपायहरु खोजिनुपर्ने बताईन । उनले मानव तथा वन्यजन्तु विचको द्धन्द्ध व्यबस्थापनका लागि मध्यवर्ति क्षेत्रका समुदायलाई आयआर्जनमा जोड्नुपर्नेमा जोड दिईन ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

मध्यवर्ती क्षेका समुदाय जनचेतनाका हिसावले समेत पछि परेको भन्दै निकुञ्जले सो क्षेत्रका जनतालाई सचेतनामुलक कार्यक्रमका अलावा आयआर्जनमा समेत जोड्नुपर्ने मन्त्री केसीको धारणा थियो ।

राप्ती नदि आसपासका बस्ती, त्यहाँको संस्कृती र त्यस क्षेत्र वरपर रहेका धार्मिक तथा पर्यटकीय गन्तब्यलाई समेट्ने गरी पर्यटकीय सर्किट बनाउन सके आन्तरीक तथा बाह्य पर्यटक भित्राउन सकिने जिकिर गर्दै मन्त्री केसीले यस विषयमा गहन ढंकले अध्ययन गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरेकी छन ।

वन तथा वातावरण मन्त्रालयका उप-सचिव लक्ष्मण पौडेलले वातावरणीय सन्तुलन, जलवायु परिवर्तनको स्थिरता कायम राख्न घडियाल गोहिको अत्यन्त महत्वपुर्ण भुमिका हुने उल्लेख गर्दै घडियाल गोहिको संकटापन्न अवस्थालाई चिर्न पनि यस्को संरक्षण अपरिहार्य भएको बताए ।

होम-स्टे महासंघ नेपालका महासचिव कृष्ण चौधरीले बैरेनी क्षेत्रमा बालुवा चालेर सुन खोज्ने र माछा मारेर जिविकोपार्जन गर्ने समुदायको अधिक वसोवास भएको चर्चा गर्दै यस क्षेत्रलाई घरबास सहितको पर्यटकीय स्थलका रुपमा विकास गरिनुपर्ने बताए ।

मध्यवर्ति क्षेत्र व्यबस्थापन समितीका अध्यक्ष गेहेन्द्र कुमार खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा बिभिन्न वक्ताहरुले जलीय परिस्थितिक प्रणालीमा गोहीको भुमिका महत्वपुर्ण हुने भन्दै गोहीको संरक्षणमा लाग्नुपर्ने बताएका थिए ।

यसअघि समेत विभिन्न समयमा राप्ती नदिमा १२ वटा गोही छाडिएको थियो ।

  • १९ माघ २०८०, शुक्रबार १५:२७ प्रकाशित
  • Nabintech