प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका लागि दुईतिहाइ बहुमत ‘बाँदरका हातमा नरिवल’ जस्तै भएको बताएका छन् । ४० औँ पुष्पलाल स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेसले दुई दुई पटक बहुमत ल्याएर बाँदरको हातमा नरिवल बनाएको उल्लेख गरेका हुन् ।
‘२०१५ सालमा कांग्रेसले दुईतिहाइ पायो, तर प्रजातन्त्र दरबारमै बुझायो’, ओलीले भने, ‘आफूलाई प्रजातन्त्रवादी र लोकतन्त्रवादी भनेर दाबी गर्ने अनि प्रजातन्त्र दरबारमा बुझाएर सुन्दरीजलमा बस्न मन पराउने, चरित्र त्यो हो कांग्रेसको ।’ कांग्रेसको दुईतिहाइको संसद पुनस्र्थापना गर्नुपर्छ भनेर कम्युनिस्टले भन्दा कांग्रेसले नै नमानेर प्रजातन्त्र दरबारमा बुझाएको ओलीले बताए । ‘आफू सरकारमा नभएपछि अरु सरकारमा हुँदा अधिनायकवाद आउँदो रहेछ, २०१५ सालमै चाखिसेको कांग्रेसले बहुमतपछि दुईतिहाइ ल्याउँदा धान्दैन भनेको ‘बाँदरको हातमा नरिवल’ जस्तै भयो ।’
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कांग्रेसको सरकारको पालामा सडकमा निस्केका मान्छेलाई गोली हानी हानी मारिएको बताउँदै ओलीले साइकल चलाइरहेको मान्छेलाई समेत बाँकी नराखेको जिकिर गरे । कांग्रेस धेरै कम्जोर भएको जिकिर पनि ओलीले गरेका छन् ।
‘जुरुक्क उठ्न सक्दैन तर उडेका चरा समात्न खोज्छ कांग्रेस, इस्यु एजेन्डा र दृष्टिकोण केही छैन तर पनि उफ्रिरहन्छ’, उनले भने, ‘अधिनायकवादको आतंक छ कांग्रेसलाई, चुनावबाट आफ्नो हैसियत खुम्चिएकोप्रति आपत्ति हो कांग्रेसलाई, मुटु पोलेर भतभत भएको कांग्रेसीको ।’
७ श्रावण २०७५, सोमबार १६:२० प्रकाशित