काेहलपुर नगर प्रमुखलाई माओवादि केन्द्रकाे १९ बुँदे ध्यानाकर्षण पत्र
  • काँचुली खबर

१६ माघ, काेहलपुर । नेकपा (माओवादि केन्द्र) काेहलपुर नगर समितिले काेहलपुर नगरपालिका प्रमुखलाई विभिन्न माग सहितकाे ध्यानाकर्षण पत्र बुझाएकाे छ । मंगलबार नगर समितिका अध्यक्ष अवराज खडका सहितको टोलिले बिभिन्न १९ बुदा समेटि नगर प्रमुख पुर्ण प्रसाद आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

भुमिहिन तथा सुकुम्वासिहरुको समस्यादेखि कोहलपुर १२ हुदै ७ सम्म वग्ने डुडुवा तटबन्ध, गोलपार्क भ्यु टावर सञ्चालन, यातायात कार्यालय स्थानान्तरण, नगरका सिमाहरुमा स्वागत गेट निर्माण, छोटो दुरिको बसपार्क सञ्चालन, शिक्षण अस्पतालसँगको सहकार्य, वडा १ देखि १५ सम्म वितरण हुने बजेट बारेको धारणा, कोहलपुर ६ मा हुने बारम्बार जग्गा किचलो, छाडा पशु चौपाया ब्यबस्थापन, अटो रिक्सा ठेला ब्यबस्थापन, यात्रु प्रतिक्षालय निर्माण तथा दाह संस्कार स्थल निर्माण जस्ता समसामयिक विषयलाई लिपिबद्ध ध्यानाकर्षण पत्र बुझाईएकाे नेकपा माओवादि केन्द्र काेहलपुरका अध्यक्ष अबराज खड्काले बताए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनले कोहलपुरको समग्र विकास निर्माणका विषयमा आफ्नो धारणा सहित नगर प्रमुखलाई ध्यानाकर्षण गराईएकाे उल्लेख गर्दै पत्रमा उल्लेखित विषयहरू तत्काल सम्बाेधन हुनेमा विश्वास ब्यक्त गरे ।

ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख आचार्यले आफु निर्वाचित भए यता आफुलाई दलहरुकाे रचनात्मक सल्लाह सहयोग प्राप्त भएको उल्लेख गर्दै ध्यानाकर्षण पत्रमा उल्लेखित बुंदाहरु आफुले कार्यपालिका समक्ष पेश गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कोहलपुरलाई अहिलेको परिप्रेक्षमा नभई नहुने र नगरी नहुने आयोजनाहरुका बारेमा दलहरुबाटै प्राथमिकताकासाथ आउन सके आफुले सोहि बमोजिम प्राथामिक क्रममा राखेर कार्यन्वयनको दिशातर्फ लैजाने भन्दै नगरले नगरभित्रका नागरिक, दल तथा बिभिन्न क्षेत्रका रचनात्मक, आलोचनात्मक सल्लाह सुझावलाई शिरोधार्य गर्ने जिकिर गरे ।

ध्यानाकर्षण पत्र पेस गर्न नेकपा माओवादि केन्द्रका नेता तथा कार्यकर्ता, पत्रकार तथा युवा बिद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

  • १६ माघ २०८०, मंगलवार १७:४४ प्रकाशित
  • Nabintech