१३ माघ, काेहलपुर । पहिलाे पटक संचालन गरिएकाे बैजनाथ महाेत्सवले दर्शककाे उल्लेख्य साथ पाएकाे छ । “कृषि पर्यटन उद्योग र उत्पादन संस्कृतिको पहिचान विकास र समृद्धि बैजनाथकाे अभियान” भन्ने नाराका साथ संचालन भैरहेको महोत्सवको चौथो दिन शनिबार उल्लेख्य मात्रामा दर्शकले महाेत्सव अवलोकन गरेका छन ।
महाेत्सव संचालनकाे तेस्राे दिन (शुक्रबार) सम्म दर्शककाे उपस्थिति खासै नदेखिए पनि आज शनिबार दर्शककाे सँख्या ह्वात्तै बढेकाे हाे ।
चर्चित गायिका प्रिती आलेको गीतहरुमा महोत्सबमा उपस्थित दर्शक झुमेका छन् । आलेले आफ्ना चर्चित गीतहरु गाउँदै दर्शकलाई मनोरञ्जन दिएकी थिईन ।
महोत्सवमा शनिबार मोडल तथा डान्सर टिका जैसी लगायत द लेभल अफ डान्स ग्रुपको बेजोड प्रस्तुती संगै स्थानीय कलाकारहरूले पनि प्रस्तुति राखेका थिए ।
साँस्कृतिक कार्यक्रमकाे आनन्द लिनुकासाथै महोत्सवमा बालउद्यान, राष्ट्रिय तथा स्थानिय कलाकारको दमदार प्रस्तुतीका साथ साथै थारु गाउँमा थारु परिकारहरुको स्वाद लिन सकिने महोत्सवका संयोजक सुमन विश्वकर्माले जानकारी दिए ।
महोत्सव माघ २१ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।
१३ माघ २०८०, शनिबार २०:११ प्रकाशित