८ माघ, नेपालगन्ज । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटनमा सहभागी हुन बाँकेका एक युवा पैदल यात्रा गरेर अयोध्या पुगेका छन । आज सम्पन्न भएको प्राण प्रतिष्ठाका लागि बाँकेका अर्जुन प्रजापति २०० किलोमिटरको पैदल यात्रा गरेर अयोध्या पुगेका हुन।
१५ जनवरीमा उनले आफ्नो पैदल यात्रा सुरु गरेका थिए । राम मन्दिरको उद्घाटनका दिन भगवान रामको दर्शन र पूजामा सहभागी हुन उनी पैदल यात्रा गरेर अयोध्या पुगेको बीबीसीले जनाएको छ ।
नवनिर्मित भगवान रामको मन्दिरमा आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा प्राण प्रतिष्ठाको कार्यक्रम सम्पन्न भएको छ ।
८ माघ २०८०, सोमबार १७:०८ प्रकाशित