८ माघ, कोहलपुर । बाँकेको बैजनाथमा पहिलो पटक संचालन हुन लागेको महोत्सवको तयारी तिब्र पारीएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बैजनाथले यहि माघ १० देखी २१ गतेसम्म “प्रथम बैजनाथ तथा छैठौं प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, ब्यापार एवं पर्यटन महोत्सव” संचालन गर्न गईरहेको छ ।
बैजनाथ गाँउपालिका ५ न्यु सिटीमा महोत्वकालागी आवश्यक भौतीक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । केही दिन पहिले महोत्सवको लोगो सार्वजनिक गरेको आयोजकले महोत्सवमा सहभागी हुने राष्ट्रिय कलाकार सहितको पोष्टर समेत सार्वजनिक गरीसकेको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
महोत्सव स्थलमा अहिले स्टल, मुख्य गेट, स्टेज सहित अन्य विभिन्न संरचना निर्माणको काम भईरहेको प्रचार प्रसार समितिका संयोजक सुमन विश्वकर्माले जानकारी दिए ।

दुई लाख भन्दा बढी दर्शक भित्र्याउने लक्ष्य रहेको महोत्सवमा मुख्य आकर्षणका रूपमा सेल्फी पोइन्ट, बाघ, हात्ती, बुद्वको मूर्ति, थारू गाउँ रहने उनले बताएका छन् । “महोत्सवमा ११ वटा मुख्य आकर्षणहरु रहेका छन् भने स्थानीय पर्यटकीय स्थलको प्रवर्द्धन समेत गरिनेछ” विश्वकर्माले भने ।
माघ १० गतेदेखि २१ गतेसम्म सञ्चालन हुने महोत्सवको मुख्य आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ, बैजनाथ समिति रहेको छ भने महोत्सव व्यवस्थापनको जिम्मा जय माता दी एमुज्मेंट एण्ड ईभेंट म्यानेजमेन्ट प्रा।ली। बुटवलले लिएको छ ।
८ माघ २०८०, सोमबार १५:१० प्रकाशित