प्रदेशस्तरमै सवारी लाइसेन्स प्रिन्ट गर्ने तयारी
  • काँचुली खबर

८ माघ, काठमाडौं । सवारी लाइसेन्सको प्रिन्ट तथा वितरणको काम प्रदेशबाटै गर्ने गरी प्रक्रिया अघि बढेको छ । योसँगै लामो समयदेखि लाइसेन्सको समस्या भोग्दै आएका सेवाग्राहीले राहत पाउने आशा गरिएको छ ।

राज्यले तोकेको शुल्क र प्रक्रिया पूरा गर्दा पनि १४ लाख ४० हजारले अझै सवारी चालक अनुमति पत्र ९स्मार्ट कार्ड लाइसेन्स० पाएका छैनन् । अब यो समस्याका लागि सातवटै प्रदेशले प्रिन्टर मेसिन खरिद गर्ने भएका हुन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले लाइसेन्स वितरणको समस्या समाधानका लागि प्रदेशले प्रिन्टर र कार्ड खरिदको तयारी भइरहेको बताए ।

उनले भने, ‘सामान्य खालको लाइसेन्स प्रिन्टरलाई ५ लाख पर्ने रहेछ । १० लाख कार्ड किन्ने भएका छन् । भने लाइसेन्स प्रिन्टमा प्रयोग हुने प्रतिकार्ड १५० रूपैयाँमा किन्न सकिने रहेछ । अहिले प्रयोगमा आएको कार्डभन्दा पनि सरल प्रकारको कार्ड हो । त्यो कार्डमा पैसा टपअप पनि गर्न मिल्छ । भने, अन्य ४० वटा जति एप पनि हाल्न सकिने रहेछ ।’

प्रदेशले छाप्ने लाइसेन्समा अगाडि आफ्नो प्रदेशको नाम र प्रदेशले चाहेको फोटो प्रयोग गर्न सक्ने छन् । पछाडिपट्टि संघ सरकारको नाम र लोगो हुनेछ ।

  • ८ माघ २०८०, सोमबार १४:२८ प्रकाशित
  • Nabintech