७ माघ, कोहलपुर । प्रहरीले जबरजस्ती करणी अभियोगमा बाँकेमा एक जनालाई पक्राउ गरेको छ । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-५ जिगाँउ बस्ने ३५ वर्षीय प्रेम बहादुर रावत पक्राउ परेका छन ।
गएको पुस २५ गते दिउँसो स्थानिय बालिकालाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा रावतलाई न्युसिटी प्रहरी बिटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको स्रोतले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको बताईएको छ ।
७ माघ २०८०, आईतवार १५:२४ प्रकाशित