७ माघ, नेपालगन्ज । मदिरा ब्यवसायी संघ बाँकेले माघ ८ गते (सोमबार) बाँकेमा मदिरा बिक्री वितरण नगर्न आग्रह गरेको छ । आईतबार एक सूचना जारी गर्दै संघले भारतको अयोध्यामा हुने श्रीराम मंदिर प्राण प्रतिष्ठाको अवसरमा जिल्लामा बिबिध धार्मिक कार्यक्रम संचालन गरिने भएकाले शान्ति सुरक्षा तथा धार्मिक सदभावलाई कायम गर्ने उद्देश्यले माघ ८ गते सोमबारका दिन बिहान ७ बजे देखी राती १० बजेसम्मकालागि मदिरा बिक्री बितरण नगर्न आग्रह गरेको हो ।
मदिरा ब्यवसायी संघ बाँकेका अध्यक्ष मिम बहादुर सिंह ठकुरीले बाँके जिल्लाभित्र रहेका मदिरा ब्यवसायीका वितरक, थोक विक्रेता एवं खुद्रा बिक्रेताहरुलाई आफ्नो ब्यवसाय पूर्ण रूपले बन्द गरीदिन आग्रह गरेका छन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
ठकुरीका अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेको विशेष अनुरोधमा नेपालगंज उद्योग वाणिज्य संघ एवं होटल ब्यवसायी संघ सहितको सयुक्त बैठकले एक दिनकालागी जिल्लामा संचालित सम्पूर्ण मदिरा ब्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।
संघद्धारा जारी गरीएको सूचनालाई बेवास्ता गरेमा सम्बन्धित निकायबाट हुने कारवाहीको जिम्मा स्वयं ब्यवसायीले लिनुपर्ने र त्यस्ता ब्यवसायीहरुको विषयमा संघले कुनै पहल नगर्ने ठकुरीद्धारा जारी सूचनामा उल्लेख गरीएको छ ।

७ माघ २०८०, आईतवार १४:३४ प्रकाशित