राप्ती साेनारी गाउँपालिकाद्वारा लिजा सार्वजनिक
  • काँचुली खबर

४ माघ, काेहलपुर । बाँकेको राप्ती सोनारी गाउँपालिकाले स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) सार्वजनिक गरेको छ। लिजा सार्वजनिक गर्ने स्थानीय तहमा राप्ती सोनारी जिल्लाकै पहिलो भएको छ।

प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाका अनुसार उक्त गाउँपालिकाले आर्थिक वर्ष २०७९-०८० का लागि लिजामा ७४.७५ प्रतिशत अंक ल्याएको छ। गाउँपालिकाले अघिल्लो आव ०७८-७९ मा ६७.२५ प्रतिशत र आव २०७७-७८ मा ४९ अंक प्राप्त गरेको थियो।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

‘दुई वर्षयताको तथ्यांक हेर्दा सुधार देखियो’, देवकोटाले नागरिकसँग भने। जिल्लाका अन्य सातवटा स्थानीय तहको भने अहिलेसम्म लिजा सार्वजनिक भइसकेको छैन। निर्धारित समयमै इन्ट्र गर्दा सबैभन्दा अगाडि लिजा सार्वजनिक भएको देवकोटाले सुनाए। विभिन्न १० वटा सूचकका आधारमा स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन गर्ने गरिएको राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए।

उनले भने, ‘स्थानीय सरकारमा हामी निर्वाचित भएर आएपछि विधिसम्मत तरिकाले चलाएको कुरा आज पुष्टि भएको छ, त्यसैको परिणाम हो, लिजा सार्वजनिक गर्नेमा हामी पहिलो भयौं।’ सुशासन, पारदर्शी र जवाफदेही ढंगबाट स्थानीय सरकार चलेकाले लिजामा राम्रो सुधार गरेको उनी बताउँछन्।
नागरिकन्युजबाट

  • ४ माघ २०८०, बिहीबार ११:५५ प्रकाशित
  • Nabintech