२९ पुस, काेहलपुर । शान्ती र मानव अधिकारको क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको भन्दै भारतको बिहार राज्यको बैसालिमा भएको सार्क जर्नालिस्ट फोरमको अन्तराष्ट्रिय कार्यक्रममा सम्मानित भएका बाँकेका पत्रकारहरुलाइ लायन्स क्लब अफ ३२५ एन डिस्ट्रीकले सम्मान गरेको छ ।
यसरी सम्मानित हुनेहरुमा प्रेस चौतारीका केन्द्रिय सदस्य एवं लुम्विनी प्रदेश सह ईन्चार्ज एवं नेपाल टेलिभिजनकर्मि रुद्र सुवेदी, प्रेस सेन्टरका केन्द्रिय सचिव एवं गोरखापत्रकर्मि सिराज खान, प्रेस चौतारीका केन्द्रिय सदस्य एवं गोरखापत्रकर्मि गोविन्द आचार्य, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य एवं भेरी एफएम प्रमुख अमन अन्सारी र प्रेस चौतारी केन्द्रिय अनुशासन आयोग सदस्य विष्णु वेल्वासे रहेका छन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनीहरुलाई लायन्स ३२५ का जिल्ला गर्भनर मुकुट ढकाल, फस्ट लेडि मिना ढकाल, पुर्व जिल्ला गर्भनर मधुसुदन शर्मा रिजाल लगाएत लायनहरुले कदर पत्र सहित दोसल्ला ओढाई सम्मान गरेका हुन । लायन्सका संस्थापक मेल्विन जोन्सको १ सय ४५ औं जन्मोत्सव सप्ताहको समापनका अवसरमा बाँकेका पत्रकारहरुलाई सम्मान गरिएको आयोजा लायन्स ३२५ जिल्ला गर्भनर मुकुट ढकालले बताए ।
लायन्स क्लव ईन्टरनेशनल ३२५ जिल्ला का सरिता शाक्यको अध्यक्षामा आयोजित जन्मोत्सव समापन कार्यक्रममा पौष २२ देखि २८ सम्म लायन्स क्लवहरुले गरेको सामाजिक तथा मानविय कार्यक्रमहरुको प्रतिवेदन समेत पेश गरिएको थियो । गरिव, विपन्न र विपत्तिमा परेकाहरुलाई विभिन्न सेवामुलक कार्यक्रम गरेको प्रतिवेदन प्रस्तुत गर्दै सभाध्यक्ष सरिता शाक्यले जन्मोत्सव सप्ताहमा बाँके र बर्दियाका २४ बिभिन्न लायन्स क्लवहरुले ४४ बढिका मानविय कार्यक्रम गरेको बताईन ।
२९ पुष २०८०, आईतवार ०९:०५ प्रकाशित