घुस रकम सहित प्रहरीका असई अख्तियारको फन्दामा
  • काँचुली खबर

२६ पुष, नेपालगन्ज । सर्वसाधारणसँग घुस लिइरहेका नेपाल प्रहरीका एकजना जुनियर प्रहरी अधिकृत अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगन्जको टोलीले एक जना प्रहरी असईलाई घुससहित पक्राउ गरेको छ ।

अख्तियारको टीमले बांकेको खडैचा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्रसिंह भण्डारीलाई ८ हजार घुससहित पक्राउ गरेको हो ।

भारतबाट भन्सार छली मोटरसाइकलसमा नेपाल ल्याएको युरिया मल छुटाइदिने भन्दै असई भण्डारीले घुस लिएको अख्तियारले जनाएको छ ।

पक्राउ परेका असई भण्डारीको विषयमा थप अनुसन्धान भइरहेको अख्तियार नेपालगन्जले जनाएको छ ।

 

  • २६ पुष २०८०, बिहीबार १३:२० प्रकाशित
  • Nabintech