२६ पुस, बर्दिया । बर्दियामा आगो ताप्दै गर्दा एक्कासी ब्यांलेकेटमा आगो सल्केर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ।
बर्दिया राजापुर नगरपालिका-५ स्थित आफ्नै घरको कोठामा बुधबार आगो तापी रहेको अवस्थामा एक्कासी आगो सल्किँदा ७५ वर्षीया सोहनी थारु सिकिस्त घाइते भएकी थिइन्।
उनको उपचारको क्रममा नेपालगन्जमा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकाे छ ।
२६ पुष २०८०, बिहीबार १०:४५ प्रकाशित