१९ पुष, नेपालगन्ज । नेपालगन्जमा सञ्चालनमा रहेका पानी उद्योगमा अनुगमन गर्दा मापदण्ड विपरीत पाइएपछि कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलका अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा रहेको अनुगमन समितिले अनुगमन गर्दा दुई पानी उद्योगलाई कारबाही गरिएको हो।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनका अनुसार नेपालगन्ज-५ मा रहेको गोल्डेन प्रशोधित पिउने पानी उद्योगले पानी उत्पादनको अनुज्ञापत्र नै नलिई उत्पादन तथा बिक्री वितरण गरेको फेला परेकोले सो उद्योगलाई ५० हजार रुपियाँ जरिवाना गर्नुका साथै उद्योग सिल गरेर तालाबन्दी गरिएको बताए ।
सो उद्योगमा रहेका पानी भर्ने जार पनि निकै पुराना र काम नलाग्ने देखिएकोले २६ वटा जारलाई नियन्त्रणमा लिएर ती जारमा पानी विक्री गर्न रोक लगाइएको बताए ।
सोही प्रकारले नेपालगन्जकै रारा ड्रिङकिङ वाटरले पनि यसअघि अनुगमन टोलीले दिएको निर्देशनको पालना गरेको नपाइएकोले प्रशासनमा कारणसहित उपस्थित हुन अनुगमन समितिले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
नेपालगन्जमा सञ्चालनमा रहेका केही पानी उद्योगले कानुन, मापदण्डको पालना नगरी नै प्रशोधित पानी बिक्रीका लागि बजारमा पठाउने गरेको पाइएको छ। पानी जस्तो स्वास्थ्यका लागि निकै संवेदनशील मानिने वस्तुमा पनि मापदण्ड पालना नहुँदा हजारौँको स्वास्थ्य जोखिममा रहेको अगुवाको गुनासो छ।
बाँकेमा रहेका खाद्य उद्योगसँगै पानी उद्योगमा पनि निरन्तर अनुगमन गर्नुपर्ने माग अधिकांश सर्वसाधारणको छ।
१९ पुष २०८०, बिहीबार १६:३९ प्रकाशित