एभरेस्ट एसिया लिडरसिप सम्मेलनकाे घाेषणा
  • काँचुली खबर

१७ पुस, काठमाडौं । फोर एच नेपालले सन् २०२५ मा आयोजना गर्ने गरी एभरेष्ट एशिया लिडरशीप समिटको घोषणा गरेको छ ।

उक्त समिटमा नेपाल सहित विश्वका ३० वटा देशहरुबाट करिब २ सय जना सहभागी हुने जनाइएको छ । उक्त समिट नेपालमा आयोजना गरिने छ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

समिटमा विश्व परिवेशमा एशिया नेतृत्व, जलवायु परिवर्तनमा एशियाको भूमिका, विश्वका लागि एशियाली अर्थतन्त्र, युवा रोजगार र प्रविधिका विकास, सांस्कृतिक आदानप्रदान लगायतका विषयमा कार्यपत्र तथा कार्यशाला आयोजना गरिने फोर एच एसिया नेट्वर्कका अध्यक्ष लोकराज अवस्थीले बताए ।

साथै, नेपालको पर्यटन प्रबद्र्धनका लागि पर्यटकीय भ्रमणको कार्यक्रम समेत रहेको अध्यक्ष अवस्थीले जनाएका छन । सम्मेलनमा सरकारका प्रतिनिधि, फोर एच संस्था, अन्तर्राष्ट्रिय संघ संस्था, दातृ निकाय, विश्वविद्यालय, निजी क्षेत्र, बहुराष्ट्रिय कम्पनी, अनुसन्धानकर्ता, कानुन विज्ञ, युवा उद्यमी लगायतको सहभागीता रहने कुराको जानकारी फोर एच नेपालका कोषाध्यक्ष बिष्णु प्रसाद बेल्बासेले जनाए ।

फोर एच एसिया अध्यक्ष लोकराज अवस्थिले प्रेस वक्तव्य जारी गर्दै एभरेष्ट एशिया लिडरशीप समिटको लोगो समेत सार्वजानिक गरेका छन । समिटको मिति, स्थान तथा सहभागी हुने प्रकृया सहितको जानकारी विवरण चाडै सार्वजानिक गरिने अवस्थीले जनाए । यस प्रकारको समिट पहिलो पटक नेपालमा हुन लागेको अवस्थीले दाबी गरेका छन् ।

  • १७ पुष २०८०, मंगलवार २१:१९ प्रकाशित
  • Nabintech