गोरखा स्कुलमा खेल सप्ताह सुरु
  • काँचुली खबर

१७ पुष, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलमा खेल सप्ताह शुरु भएको छ । हरेक वर्ष खेल सप्ताह गर्दै आएको गोरखाले यसवर्ष पनि सोमबारदेखि खेल सप्ताह शुरु गरेको हो ।

विद्यालयका संस्थापक एवं सञ्चालक अध्यक्ष केशर बहादुर आले मगरले विद्यार्थीहरुलाई बल हस्तान्तरण गर्दै खेल सप्ताहको शुभारम्भ गरेका छन ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

२०६८ साल देखि सञ्चालकहरुको छुट्टै कोषबाट संचालन हुँदै आईरहेको खेल सप्ताह अन्तर्गत चार सदनमा बिभाजित विद्यार्थीहरुका बिच सदनात्मक एथलेटिक्स र फुटबलका खेलहरु हुने विद्यालयले जनाएको छ ।

खेलमा सर्वोत्कृष्ट हुने खेलाडिलाई २१ हजार र द्धितिय हुनेलाई ११ हजार प्रदान गरिनेछ भने शिक्षक, कर्मचारी र संस्थापकबिच हुने खेलका बिजेतालाई नगद १० हजार पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ ।

खेल सप्ताहको उदघाटन गर्दै विद्यालयका सञ्चालक अध्यक्ष एवं संस्थापक केशर बहादुर आलेले विद्यार्थीहरुलाई शिक्षाको मात्र ज्ञानले उनीहरुको जिवन अधुरो हुने भन्दै अन्तरनिहित क्षमताका उजागर गर्नुका साथै उनीहरुको चौतर्फी विकासमा खेलकुदले टेवा पुर्याउने बताए ।

एउटा मानवलाई शारिरीक, मानसिक जस्ता संवेगात्मक विकासको समेत आवश्यकता हुने र ती विकास हुन खेल पनि उत्कृष्ठ मार्ग हुने भएकाले विद्यालयको वार्षिक क्यालेण्डर बमोजिम खेद सप्ताहको आयोजना गर्दै आएको आलेले जानकारी दिएका थिए ।

  • १७ पुष २०८०, मंगलवार १४:१७ प्रकाशित
  • Nabintech