१६ पुष, नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिका-२ स्थित मदरसा दारुल उलूम अमजदिया बरकातियाका प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
मदरसाका तत्कालीन प्रधानाध्यापक कलिम अहमद जोलाहले १८ लाख तीन हजार ७४१ रुपियाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार आर्थिक वर्षमा तलब भत्ता, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक लगायतका शीर्षकमा जिल्ला शिक्षा कार्यालयबाट निकासा भएको रकम सम्बन्धित शीर्षकमा खर्च नगरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोप प्रधानाध्यापकमाथि छ ।
प्रवक्ता घिमिरेले लेखापरीक्षण प्रतिवेदनले पेश्की बेरुजु औंल्याएको रकमसमेत सम्बन्धित शीर्षकमा खर्च गर्नुपर्नेमा जोलाहले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बदरुददुजा खाँसँग मिलेमतो १८ लाख तीन हजार ७४१ रुपियाँ सम्बन्धित शीर्षकमा खर्च नगरी भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको बताए ।
अख्तियारले १८ लाख तीन हजार ७४१ रुपियाँ सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको कसुरमा विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेका हो ।
१६ पुष २०८०, सोमबार १७:१३ प्रकाशित