११ पुष, कोहलपुर । सौन्दर्यकरण गरेर ईलाका प्रहरी कार्यालय कोहलपुरलाई चिटिक्क र व्यवस्थित बनाइएको छ। झण्डैं एक वर्षदेखी ईप्रका कोहलपुरको कमाण्ड सम्हाल्दै आएका प्रहरी नायव उपरीक्षक (डिएस्पी) सुन्दर तिवारीको नेतृत्वमा ईप्रका परिसरलाई आकर्षक बनाईएको हो ।
प्रहरी कार्यालय परिसरमा नयाँ पुर्वाधार समेत निर्माण गरीएको छ । सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै अपाङ्गमैत्री नागरीक सहायता कक्ष, बाल कक्ष, स्तनपान कक्ष, जेष्ठ नागरीक कक्ष तथा बैठक कक्ष निर्माण गरीएको छ । कार्यालय परीसरमा प्रवेश गर्ने मुख्य गेटसँगै निर्माण गरीएको नयाँ भवन वातावरण अनुकुलीत र प्रविधिमैत्री रहेको ईप्रका कोहलपुरका प्रमुख डिएस्पी सुन्दर तिवारीले बताए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कोहलपुर नगरपालिकाको आर्थिक सहयोगबाट ४ कोठे भवन निर्माण गरीएको जानकारी दिदैं तिवारीले अन्य संघसंस्थाबाट प्राप्त सहयोग तथा आन्तरीक स्रोतबाट फर्निचर लगाएतका सामग्रीहरु ब्यवस्थापन गरीएको बताए ।

अपाङ्गता भएका ब्यक्तिहरुकालागी ह्विलचियरको सुविधासँगै नयाँ भवनमा बालवालिकाकालागी समेत छुट्टै बाल कक्ष निर्माण गरीएको तिवारीले बताए ।
“पारीवारीक विषयमा छलफल गर्न आएका अभिभावकहरुले आफ्ना साथमा साना वालवालिका पनि लिएर आउनु हुन्छ” तिवारीले भने, “प्रहरी कार्यालयमा हुने छलफलबाट उनिहरुलाई नकारात्मक असर नपरोस भन्ने हेतुले छुट्टै बाल कक्ष निर्माण गरेका छौं । यो आफैमा नमुना काम पनी हो ।”
कार्यालयको गोलघर नजिकै सेवाग्राहीकालागी प्रतिक्षालय निर्माण गरीएको छ भने त्यसकै सामुन्ने झरना अकारमा वाटरफल (पानीको फोहोरा) बनाईएको छ ।पर्खालको भित्री भागमा जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रहरुको छोटो जानकारी सहितको भित्ते चित्र बनाउने योजना रहेको डिएस्पी तिवारीले बताए ।

यस्तै सडक तर्फको बाहिरी पर्खालमा सडक दुर्घटना, लागुपदार्थ दुर्ब्यसनी, अपराधिक क्रियाकलाप तथा ट्राफिक सचेतना सम्बन्धि जानकारी दिने बोर्डहरु राखीएको छ । आम सर्वसाधारणले देख्ने गरी विभिन्न सचेतनामुलक सुचना तथा तस्बिर सहितका बोर्ड राखीएको बताउँदै डिएस्पी तिवारीले यस्ता बोर्डहरुले नगरवासीलाई सुसुचित हुन मद्धत पुग्ने विश्वास ब्यक्त गरे ।
ईप्रका भित्र रहेको क्यान्टीनलाई पनि ब्यवस्थित बनाउने योजनामा रहेको तिवारीले बताए ।

अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षाको महत्वपूर्ण जिम्मेवारी पाएको नेपाल प्रहरीको कार्यालयलाई सबै हिसाबले अब्बल बनाउनु साथै सौन्दर्यकरणमा समेत ध्यान दिनुपर्ने डिएस्पी तिवारीको भनाई छ । उनकै नेतृत्वमा व्यवस्थित र प्रविधिमैत्री बनाउँदै लगिएको ईलाका प्रहरी कार्यालय कोहलपुरको सुन्दरताले पछिल्लो समय सेवाग्राहीहरुलाई प्रभावित बनाउन थालेको छ ।








११ पुष २०८०, बुधबार १५:३० प्रकाशित