नेपालगन्ज महाेत्सवमा प्रिति आलेसँगै झुमे दर्शक
  • काँचुली खबर

८ पुस, नेपालगन्ज । नेपालगन्जमा जारी छैठौं नेपालगन्ज महोत्सवमा चर्चित गायिका प्रिती आलेको गीतहरुमा नेपालगन्जका दर्शक रमाउदै झुमेका छन् । आईतबार नेपालगन्ज महोत्सवमा चर्चित गायिका आलेले आफ्ना चर्चित गितमार्फत दर्शकलाई मनाेरञ्जन प्रदान गरेकी छिन ।

आलेले र्याप ब्याटल दोहोरी गीत ‘आयो तेरो मिस, चुपलाग साला ठिस’ बोलको चर्चित गीत गाउँदा दर्शकहरु रमाउदै झुमेका थिए । यसका अलावा प्रितीले आफ्ना चर्चित चर्चित गीतहरु ‘सोल्टी राजाको कम्मरमा पानी, डाँडै माथी पिपल, के को मायाजाल, त मेरो खुट्टाको जुत्ता’ लगायतका गीतहरु गाएकी थिईन ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

यस्तै महोत्सवमा चर्चित गायक बसन्त लम्सालले पनि आफ्ना दर्जनौ गीत मार्फत माहाेल तताएका थिए ।

पुस १७ गतेसम्म संचालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारसहितकाे साँस्कृतिक कार्यक्रमसँगै बालउद्यान, थारु गाँउ, फोटो सेसनका लागि विभिन्न स्टल, नेपाल भारतका चर्चित खेलाडी विच कुस्ती प्रतियोगिता तथा सोनी डान्स युनिटको कला प्रदर्शन भईरहेकाे महाेत्सव आयोजक एजि सर्भिस प्रालिका संयोजक नन्द बुढाले जानकारी दिए ।

महाेत्सवमा भोली चर्चित कलाकार बिराज भट्ट लगायत सोनी डान्सको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

  • ८ पुष २०८०, आईतवार २०:३४ प्रकाशित
  • Nabintech