२८ मंसिर, नेपालगन्ज । त्यो सेमिनार जहाँ नरुने र भावुक नहुने कोही थिएन् । आँसुलाई माध्यम बनाउदै मनको भावनाहरु पोखिरहेका थिए, उपस्थित सबैले ।
कतिको आखाँबाट बगिरहेको थियो, आत्माग्लानीको आँसु, कोहीको आखाँमा सम्मान र ममता भरिएको आँसु, त कसैको आखाँमा थिए मातापितासँगको विछोडका आँसु ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
सबैको आखाँबाट बगेका आँसु एउटै भएपनि आँसुका भावहरु भने फरक फरक थिए ।
सेमिनारमा प्रस्तुत भएका आमाको माया, ममता, त्याग र पिडा सम्बन्धी प्रस्तुतीले कतिपयले आफुले जानेर वा अन्जानमा उहाँप्रति गरेको व्यबहारलाई सम्झिएर आत्माग्लानीको आसुँ बगाईरहेका थिए भने कतिले मातापितासँगको विछोड सम्झेर । कतिपय भने मातापिताको त्याग र समर्पण सम्झेर सम्मानले शिर झुकाएर रोईरहेका थिए । कतिजना एक अर्कोलाई अंङकमाल गर्दै रोहिरहेका थिए ।
आफ्नो मातृत्व र मातृभुमिप्रति सद्भाव र सम्मानले भरिएको थियो, उपस्थित सबैको आखाँ र मन ।

उक्त माहोल हो, मानवसेवा आश्रमले नेपालगंजमा बुधबार सम्पन्न गरेको आमा सेमिनारको । नेपालगंजमा आमा सेमिनार प्रस्तुत हुने हलमा त्यहाँको स्थानीयको बाक्लो उपस्थिती थियो । कुनै धमाकेदार र भड्किलो प्रचारबिना पनि हल पूरै भरिएको थियो । शान्त र व्यबस्थित वाताबरणमा भएको बिल्कुल फरक कार्यक्रम, जहाँ मानवीय संवेदनाले भरिएका र सामाजिक रुपान्तरणको अभ्यासमा लागेका मनहरुको जमघट भएको थियो ।
उक्त कार्यक्रममा विगत १५ बर्ष देखि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सन्देशमुलक र उत्प्रेरणात्मक कार्यक्रमहरुमा प्रस्तुती दिईसकेका मानवसेवा आश्रमका संस्थापक तथा केन्द्रिय अध्यक्ष रामजी अधिकारीले आमा सेमिनारको प्रस्तुती गरेका थिए । आमाको महिमा, पिडा र त्यागबारे उनको प्रस्तुतीले उपस्थित सबैको आखाँ रसाएका थिए ।

आमा सेमिनार किन ?
पछिल्लो समय आधुनिक जिवनशैलीसँगै नेपालको मौलिक संस्कृती र संस्कारमा समेत विकृती हावी हुर्दै गएको छ । आजीवन सन्तानका लागि मरिमेट्ने अभिभावकलाई जीवनको उत्तराद्र्धमा अपहेलित गरी घरबाट बाहिर छोड्ने कुसंस्कार मौलाउंदै गएको छ । यस्तो विष्म परिस्थितीमा मातृत्व र मातृभूमीप्रतिको दायित्वबोध गराउन मानवसेवा आश्रमले आमा सेमिनार गर्दै आएको छ । मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र प्रेम र आफूलाई जन्मदिने माता पिता र मातृभुमिप्रतिको महत्व बोध गराई, प्रेम, सद्भाव र करुणालाई जन-जनमा पुर्याएर संस्कारयुक्त र सभ्य समाज निर्माण गर्नु नै कार्यक्रमको उद्देश्य रहेको छ । समाजमा सकारात्मक सन्देश प्रभाव गर्दै कसैले पनि सडकपेटीमा वेवारिसे जीवन बिताउन पर्ने परिस्थिती सृजना नै नहोस् भन्ने आयोजकको उद्देश्य रहेको छ ।

मानवसेवा आश्रमले २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्य लिएको छ । सोही लक्ष्य अनुरुप मानवसेवा आश्रम २०६९ सालदेखी नै देशव्यापीरुपमा साथै नेपालगंज बाँकेमा २०७९ बैशाख देखि सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन विताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारिरीक तथा मानसिकरुपमा अति कमजोर मानवहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिलनको सेवामा समर्पित हुँदै आइरहेको छ । मुठीदानबाट संचालित आश्रमको नेपालगन्ज शाखामा अहिले ५० जनाले आश्रय लिइरहेका छन् । त्यसमध्ये ३५ जना पुरुष १२ जना महिला र ३ जना बालबालिका रहेका छन्।


२८ मंसिर २०८०, बिहीबार १५:२२ प्रकाशित