तलाउमा डुबेको अबस्थामा नेपालगन्जमा एक बृद्धको शव भेटियो
  • काँचुली खबर

२८ मंसिर, नेपालगन्ज । नेपालगन्जमा तलाउमा डुबेको अवस्थामा एक बृद्धको शव भेटिएको छ । पुस्पलाल चोकस्थित प्रहरी गुल्म गण नजिकै रहेको तलाउमा डुबिरहेको अवस्थामा सल्यानका ६५ वर्षिय तेज बहादुर कामीको शव भेटिएको हो ।

सल्यानबाट भारततर्फ जाने क्रममा नेपालगन्जमा पुगी मंसिर २४ गतेदेखि सम्पर्कबिहिन भएका कामीको शव बिहिबार बिहान स्थानिय तलाउमा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिएका छन् ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनी हराएपछि परिवारका सदस्य र प्रहरीले खोजतलास गरीरहेका थिए । खोजतलासकै क्रममा बिहिबार बिहान भेटिएको शव कामीको रहेको प्रहरीले पुष्टि गरेको छ ।

घटनाबारे परिवारलाई खबर गरिसकेको र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  • २८ मंसिर २०८०, बिहीबार १४:११ प्रकाशित
  • Nabintech