२६ मंसिर, काठमाण्डौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अण्डर-१९ विश्वकप क्रिकेट प्रतियोगिताको तालिका सोमबार जारी गरेको छ । आईसीसीले सोमबार अण्डर-१९ विश्वकपको संसोधित तालिका जारी गरेको हो ।
आईसीसी अण्डर-१९ विश्वकप पहिले श्रीलंकामा आयोजना हुने तय भएको थियो । तर सरकारी हस्तक्षेपका कारण आईसीसीले श्रीलंकन क्रिकेट बोर्डलाई निलम्बन गरेको थियो । त्यसपछि आएसीसीले अण्डर-१९ विश्वकपको आयोजनाको जिम्मेवारी दक्षिण अफ्रिकालाई दिएको थियो । त्यसैले आईसीसीले नयाँ तालिका सार्वजनिक गर्नु परेको हो ।
आइसीसी अण्डर-१९ विश्वकप क्रिकेटको शुभारम्भ १९ जनवरीदेखि दक्षिण अफ्रिकामा हुनेछ । अण्डर-१९ विश्वकपमा १६ राष्ट्रहरुको सहभागिता रहने छ । १६ राष्ट्रहरुलाई चार समुहमा विभाजन गरेर खेलाइने छ ।
अण्डर-१९ विश्वकपको समुह ‘ए’ मा भारत, बंगलादेश, आयरल्याण्ड र अमेरिका परेका छन । त्यस्तै समुह ‘बी’ मा इङ्गल्याण्ड, दक्षिण अफ्रिका, वेष्ट इण्डिज र स्कटल्याण्ड रहेका छन् । यसैगरि समुह ‘सी’ मा अष्टे्रलिया, श्रीलंका, नामिविया र जिम्बाब्वे रहेका छन भने समुह ‘डी’ मा अफगानिस्तान, पाकिस्तान, न्यूजील्याण्ड र नेपाल परेका छन्।
खेल तालिका अनुसार नेपालले जनवरी २१ मा न्युजिल्याण्डसँग खेल्दै विश्वकपको शुरुवात गर्नेछ । त्यस्तै नेपालले दोश्रो खेल जनवरी २४ मा पाकिस्तान र तेश्रो तथा समूहको अन्तिम खेल जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने छ ।
समूह चरणपछि प्रत्येक समूहको शीर्ष तीन टोलीले विश्वकपको अर्को चरणमा आफ्नो स्तान सुरक्षित गर्नेछ । पहिलो सेमिफाइनल फेब्रुअरी ६ र दोश्रो सेमिफाइनल खेल फेब्रुअरी ८ मा हुनेछ । यस्तै उपाधि डिभन्त फेब्रुअरी ११ मा हुनेछ ।
२६ मंसिर २०८०, मंगलवार १६:४७ प्रकाशित