एनसेन प्रकरणमा प्रधानमन्त्रीकाे संलग्नता छैन : महासचिव गुरूङ
  • काँचुली खबर

४ मंसिर, नेपालगन्ज । नेकपा माओवादि केन्द्रका महासचिव देव गुरूङले एनसेल प्रकरणमा सरकार र प्रधानमन्त्री प्रचण्डकाे कुनै संलग्नता नरहेकाे बताएका छन । शनिबार माओबादी केन्द्र बाँकेले नेपालगन्जमा आयोजना गरेकाे भेलामा बाेल्दै महासचिब गुरुङले यस्ताे दावी गरेका हुन ।

‘बिधिले त्यस्तो देखाउदैन, लगानी कर्ताहरुको बिचमा सेयर खरिद बिक्रि उनीहरुको बिचको कुरा भयो, कतिमा लिन्छन् र कतिमा दिन्छन् । उनीहरुको बिचमा घोटालाबाजी के के हुन्छन् ? त्यो उनीहरुको कुरा भयो । बिधिले कहाँ जोडिन्छ त भने कम्पनी रजिस्टारसँग जोडिन्छ । अदालको आदेशमा त्यसले अहिले खरिद बिक्री नगर भनेर रोकेको छ’ गुरुङले भने ।

पछिल्लो समयमा देशैभर एनसेलकाे शेयर खरिदबिक्री बारेमा माओबादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई लागेको आरोपको खण्डन गर्दै महासचिब गुरुलेङले भने, ‘एउटा अनुगमन गर्नको लागि एनटिसीको सन् २०५३ सालको एन आकर्षित हुन्छ । त्यो एन अनुसार एनसेल छिरेकै छैन, प्रस्ताव ल्याएर आउभन्दा पनि ल्याएको छैन । त्यसकारणले गर्दाखेरी राज्यका अंगहरु संलग्न भएको छैनन् । प्रधानमन्त्री प्रचण्ड त्यसमा संलग्न हुनुहुन्न । यसमा ढुक्क हुनुहोस् ।’

उनले जनतासँग माओवादी रुपान्तरण अभियानले जनतालाई पार्टीसँग प्रत्यक्ष जोड्न सफल भएको जनाउँदै त्यसबाट कार्यकर्तामा पनि नयाँ जोश र जाँगर उत्पन्न भएको बताए । अभियानले पूर्वदेखि पश्चिमसम्म माओवादी पार्टीलाई शसक्त र बलियो बनाउन सफल भएको बताउँदै गरूङले अधिकांश जनता र कार्यकर्ताको माग कम्युनिष्ट पार्टिबिच एकता भइ शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्नुपर्ने रहेको कुरामा जोड दिए ।

उनले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माणको अभियान अगाडि बढिसकेको बताउदै प्रचण्डलाई सबै कम्युनिस्टले स्विकार गरिसकेको दावि महासचिव गुरुङले भने, ‘पार्टी जनतासँग जाडिनु पर्छ, जनता र पार्टीको बिचमा माछा र पानीको जस्तो सम्बन्ध हुनुपर्छ । नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्छ ।’

उनले माओवादी केन्द्रका अध्यक्षको नेतृत्वको सरकारले यस पटक गरेका धेरै राम्रा कामबाट प्रतिगामीहरु अत्तालिएको बताए । वर्तमान गठबन्धन सरकारले जनताको हितमा निरन्तर काम गरिरहेकाले गठबन्धन झन बलियो हुँदैगएको महासचिव गुरुङको भनाइ छ ।

सो अवसरमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलबहादुर केसीले रुपान्तरण अभियानको समिक्षात्मक धारणा राखेका थिए भने पाँच वटा पालिकाका पार्टी अध्यक्षले रुपान्तरण अभियानको रिपोर्टिङ गरेका थिए ।

कार्यक्रममा बाँकेका संयोजक नरेन्द्र पाण्डे (जेम्स) जनप्रतिनिधिको तर्फबाट नेपालगञ्ज ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यप, मुस्लिमको तर्फबाट कश्मिरा खातुन, महिलाको तर्फबाट मन्जु रोकाया, व्यवसायीको तर्फबाट बसन्त लामिछाने र मधेशीको तर्फबाट रक्षाराम बर्माले आफ्नो भनाइ राखेका थिए ।

  • २४ मंसिर २०८०, आईतवार ०९:१७ प्रकाशित
  • Nabintech