१५ बैशाख २०८१, शनिबार
नेपालगन्जका दुई वटा पानी उद्योग शील
  • काँचुली खबर

२१ मंसिर, नेपालगन्ज । बाँकेको नेपालगन्जका दुई वटा पानी उद्योग कारबाहीमा परेका छन । जिल्ला बजार अनुगमन समितिले नेपालगन्ज क्षेत्रमा संचालनमा रहेका २ वटा पानी उद्योगमा शीलबन्दी गर्नुका साथै आर्थिक कारवाही गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा बिहिबार गरीएको अनुगमनका क्रममा समितिले २ वटा उद्योगमाथि जरिवाना सहित शीलबन्दी गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले दिएको जानकारी अनुसार प्रशासनले रारा प्रोसेसिङ ड्रिङ्कीङ वाटर इन्डष्ट्रिले अनुज्ञापत्र नै नलिएर कारखाना चलाएको भन्दै २० हजार जरिवाना गरीएको हो । त्यसैगरी २२ वटा कम गुणस्तको जार नष्ट गर्नुका साथै अनुज्ञा पत्र लिएर नआउँदासम्म कारखानामा शीलबन्दी गरीएको पोखरेलले जानकारी दिए ।

त्यस्तै वाईके पिउने पानी उद्योगले असुरक्षित तरीकाले पानी उत्पादन गरेको भन्दै सुरक्षित उत्पादन सुनिश्चित नहुँदासम्मका लागि उद्योग शील गरिएको छ भने सगरमाथा पानी उद्योगले बिल बिजक बिना कारोबार गरेको भेटिएपछि ५ हजार जरिवाना गरिएको छ ।

अनुगमन टोलीले खानेपानी संस्थान र नेपालगन्जमा रहेको हेण्डपम्पको पानीको समेत नमुना संकलन गरेको छ । संकलन गरिएको पानीको नमुनामा कैफियत देखिए थप कारवाही हुने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

  • २१ मंसिर २०८०, बिहीबार १८:५८ प्रकाशित
  • Nabintech