२५ बैशाख २०८१, मंगलवार
माेटरसाईकलकाे ठक्करबाट पार्वतीपुरका पाैडेलकाे मृत्यु
  • काँचुली खबर

२० मंसिर, काेहलपुर । कोहलपुरमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १४ पार्वतीपुर बस्ने ७० वर्षिय प्रमोद पौडलको माेटरसाईकलकाे ठक्करबाट मृत्यु भएको हो ।

कोहलपुर १४ पार्बतीपुरको मन्दीर नजीकको भीत्री बाटोमा बाटो पार गर्ने क्रममा पैदल यात्रु पौडेललाई मोटरसाइकलले ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका पौडेललाई उपचारका लागि मेडिकल कलेज कोहलपुरमा ल्याइएकोमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको ईलाका प्रहरी कार्यालय काेहलपुरले जनाएकाे छ ।

सोही ठाउँका मोटरसाइकल चालक ३८ वर्षिय नेत्रलाल यादवलाई नियन्त्रणमा लिएर घटनाकाे थप अनुसन्धान भइरहेको इलाका कोहलपुरले जनाएको छ।

  • २० मंसिर २०८०, बुधबार ०८:५९ प्रकाशित
  • Nabintech