५ जेष्ठ २०८१, शनिबार
झण्डै १५ किलाे लागुऔषध सहित काेहलपुरबाट श्रीमान-श्रीमती पक्राउ
  • काँचुली खबर

१७ मंसिर, काेहलपुर । काेहलपुर प्रहरीले ठुलाे मात्रामा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेकाे छ । शनिबार राति ८:४५ बजे कोहलपुर नगरपालिका वडा नं. ८ पिपिरीबाट लागुऔषधसहित दुईजनालाई पक्राउ गरीएकाे जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ ।

ईलाका प्रहरी कार्यालय काेहलपुरबाट खटिएकाे प्रहरी टाेलिले स्थानिय रेवन्त रानाकाे घर तथा बा ५ प ८२१५ नम्बरको कार चेकजाँच गर्दा चरेस जस्तो देखिने १२ किलाे ७०४ ग्राम कालो पदार्थ र अफिम जस्तो देखिने २ किलाे ११६ ग्राम कालो गिलो पदार्थ बरामद गरीएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीले लागुऔषध सहित राना र उनकाे श्रीमती कबिता थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरू गरेकाे जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रवक्ता नारायण डाँगीले जानकारी दिए ।

पक्राउ परेका रानाबिरूद्द यसअघि समेत विभिन्न समयमा लागुऔषध र केही सार्वजनिक अपराधमा मुद्दा चलेकाे डाँगीले बताए ।

प्रहरीका अनुसार पक्राउ परेका दम्पतीलाई १५ वर्ष देखी जन्मकैद र पाँच लाखदेखी २५ लाखसम्म जरिवाना हुन सक्ने कानुनि ब्यवस्था रहेकाे छ ।

  • १७ मंसिर २०८०, आईतवार १५:१८ प्रकाशित
  • Nabintech