५ जेष्ठ २०८१, शनिबार
मदनचाेकमा भिषण आगलागी, चार पसल जलेर नष्ट
  • काँचुली खबर

१४ मंसिर, काेहलपुर । कोहलपुर नगरपालिका वडा नं. ३ मदनचोकको एक घरमा गए राति आगलागी भएकाे छ । राति करिब १ बजेकाे समयमा भएकाे आगलागीबाट मानविय क्षति नभएपनि भौतिक क्षती भने भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

रातिकाे घटना भएकाले क्षतिको विवरण भने आई सकेको छैन । स्थानिय र प्रहरीकाे सक्रियतामा नेपालगञ्ज र बाँसगढिबाट आएको दमकलले राती २ बजेर ४० मिनेटमा पुर्णरुपमा आगाे नियन्त्रणमा लिईएको बताईएको छ ।

कुनै मानबिय क्षती नभएको भएतापनि उक्त भवनमा रहेको पुस्तक पसल, खाद्यान्न पसल, टेलरिङ सेन्टर, ब्युटिपार्लरमा रहेका सम्पुर्ण धनमाल जलेर नष्ट भएका छन ।

आगलागीकाे कारण भने खुल्न सकेकाे छैन ।

यसै विच जिल्ला प्रशासन कार्यालय बाँकेले आफ्ना घरमा प्रयोग हुने हिटर, बत्ती, पंखा, वाईरिङ जस्ता बिद्युतिय उपकरण दुरुस्त राख्न, ग्यास सिलिन्डर, सलाई, पेट्रोल, मट्टीतेल जस्ता प्रज्योलनशिल पद्वार्थको प्रयोग र राखनधरनमा विशेष सावधानी समेत अपनाउन सवैमा हार्द्विक अपिल गरेको छ ।

कोहलपुर नगरपालिकामै यति ठुलो आगलागि हुदा नगरको दमकल भने प्रयोगमा नआएपछि स्थानियहरुले आक्रोश ब्यक्त गरेका छन । यस अघि दमकल बिग्रिएको भन्दै नगरपालिकाले एक सुचना जारी गरेको थियो । आबश्यक पर्दा काममा नआउने दमकललाई सेतो हात्तिको संग्या दिंदै लुम्विनी प्रदेश सांसद तथा पुर्व वन तथा वातावरण मन्त्रि माननिय दुर्गा प्रसाद थारुले स्थानिय सरकारलाई यस्ता संवेदनशिल बिषयमा गम्भिर रहन आग्रह गरेका छन ।

  • १४ मंसिर २०८०, बिहीबार ०७:३९ प्रकाशित
  • Nabintech