आमाबुबा नै अशक्त भएपछि तीन जना बच्चा बिचल्ली
  • काँचुली खबर

१२ मंसिर, नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका-७ पेडारीका रामकृष्ण थारु र लालमोहनी थारुको परिवार केहीवर्ष अघिसम्म हाँसीखुसी थियो । दैनिक घर परिवार चलाउन कुनै समस्या थिएन । पति, पत्नी, आमा, २ छोरी र एक छोरा सहित ६ जनाको परिवार गाउँकै नमुना परिवारको रूपमा थियो । रामकृष्णले पक्की घर बनाउन जग समेत हालिसकेका थिए ।

तर एकाएक थारु परिवारमा दुःखका दिन सुरु भए । पाँचवर्ष अघि पत्नी लालमोहनी अकस्मात् बिरामी भए । उनका हात खुट्टा चल्दैनन् । एक ठाउँबाट अर्को ठाउँमा सर्न समेत सहयोगी चाहिन्छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

पत्नीको यस्तो अवस्था भए पनि रामकृष्ण शारीरिक रूपमा तन्दुरुस्त भएका कारण घर परिवारमा आर्थिक अभाव आएको थिएन । तर पत्नी बिरामी भएको अर्को वर्ष रामकृष्ण समेत बिरामी परे । उपचारमा ७-८ लाख रुपियाँ खर्च भयो । अहिले रामकृष्ण पनि हिँडडुल गर्न नसक्ने भएका छन । ह्विलचियरमा बस्न समेत सहयोगी चाहिने अवस्था छ ।

पति, पत्नी नै हिँडडुल गर्न नसक्ने भएपछि थारु परिवारमा साँझ बिहान के खाने भन्ने चिन्ताले सताउने गरेको छ । उनका जेठी छोरी कक्षा ९, कान्छी छोरी कक्षा ६ र छोरा कक्षा १ मा अध्ययनरत छन । माटोको घर समेत जीर्ण भइसकेको छ ।

रामकृष्ण भन्छन, ‘जेठी छोरी बाल विकासदेखि नै प्रथम हुन्छिन्, अहिले दुवै जना हिँडडुल गर्न नसक्ने भएपछि साँझ बिहान के खाऔँ भन्ने समस्या छ, छोराछोरीलाई कसरी पढाउने होला ?’

राज्यबाट प्राप्त लालमोहनीको पूर्ण अपाङ्गता र रामकृष्णको आंशिक अपाङ्गता भत्ताले घर खर्च चलाउन नपुगेपछि थारु परिवारलाई आफन्त र छिमेकीले पनि केही सहयोग गर्दै आए पनि दैनिक गजरा चलाउन कठिनाइ भइरहेको लालमोहनीको भनाई छ । चिसो सुरु हुन लाग्दा समेत थारु परिवारमा न्यानो कपडा समेत अभाव रहेको छ ।

गोरखापत्रबाट

  • १२ मंसिर २०८०, मंगलवार १२:४९ प्रकाशित
  • Nabintech