१० मंसिर, काेहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरले ठुलो मात्रामा लागूऔषध चरेस र अफिमसहित कोहलपुरबाट एक व्यक्तिलाई पक्राउ गरेको छ।
पलाता गाउँपालिका वडा नं. ३ कालिकोटका ४९ वर्षीय धन रोकायालाई शुक्रबार दिउँसो कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित पुरानो बसपार्क नजिकबाट ठूलो मात्रामा लागूऔषध चरेस र अफिमसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएकाे छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
पक्राउ परेका रोकायाको साथबाट ३ किलो २०० ग्राम लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ र १ किलो ९०० ग्राम अफिम जस्तो देखिने कालो गिलो पदार्थ बरामद गरिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरीएकाे छ ।

रोकायाको साथबाट बोल्ट लेखिएको डिजिटल तौल मेसिन १ थान, पोको कम्पनीको निलो रङ्गको टच मोबाइल १ थान र नगद २५ हजार रुपियाँ पनि बरामद भएको कोहलपुर प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जको संयुक्त प्रहरी टोलीले रोकायालाई पक्राउ गरेको हाे ।
१० मंसिर २०८०, आईतवार २०:०७ प्रकाशित