५ जेष्ठ २०८१, शनिबार
दुर्घटना अपडेट : ट्याङ्करको ठक्करबाट नेपालगन्जकी पाठकको मृत्यु
  • काँचुली खबर

१० मंसिर, नेपालगन्ज । आईतबार नेपालगन्जमा भएको सडक दुर्घटनामा पारी एक महिलाको मृत्यु भएको छ । बेलुका ६ बजेको समयमा स्थानिय धम्बोझी चोक नजिकै ट्याङ्करको ठक्करबाट नेपालगन्ज उपमहानगरपालिका १७ की शालनी पाठकको मृत्यु भएको हो ।

जेब्राक्रसबाट बाटो काट्ने क्रममा पेट्रोल बोक्ने ट्याङ्करले पाठकलाई ठक्कर दिएको स्थानियले बताएका छन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार ना ३ ख ८८५२ नम्बरको ट्याङ्करले भे ११ प ७६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार शालिनीको ट्याङ्करमुनी आउँदा किचेर मृत्यु भएको हो । ठक्करबाट पाठकका बुवा दिलीपकुमार पाठक घाइते भएका छन ।

ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिईएको छ ।

  • १० मंसिर २०८०, आईतवार १८:४९ प्रकाशित
  • Nabintech