७ मंसिर, कोहलपुर । बाँकेमा यसवर्ष गत वर्षभन्दा धानको उत्पादन बढ्ने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी जीवनकुमार केसीले यो वर्ष धानको क्षेत्रफलसँगै उत्पादनमा पनि बढेको जानकारी दिए ।
कृषि ज्ञान केन्द्रका अनुसार गतवर्ष प्रति हेक्टर धानको उत्पादन ३.८ मेट्रिक टन रहेकोमा यसवर्ष प्रति हेक्टर धानको उत्पादन ४.०२ मेट्रिक टन पुगेको छ । गत वर्ष बर्खे धान ३३ हजार र चैते धान ३५ हेक्टरमा खेती भएर एक लाख २५ हजार ५३३ मेट्रिक टन उत्पादन भएको थियो। यो वर्ष एक लाख ५३ हजार तीन सय मेट्रिक टन धान उत्पादन हुने लक्ष्य राखिएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
गत वर्ष ३३ हजार हेक्टरमा धान खेती भएकोमा यो वर्ष ३६ हजार पाँच सय हेक्टरमा धान रोपाइँ भएको थियो । गत वर्ष समयमै वर्षा नभएपछि नरैनापुर गाउँपालिकामा करिब तीन हजार पाँच हेक्टर खेतमा धान रोपाइँ हुन सकेको थिएन ।
कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी केसीले भने, ‘‘यो वर्ष समयमा पानी नपरेपछि धान उत्पादनमा वृद्धि भएको छ, यसैगरी सिक्टा सिंचाइ आयोजनाबाट पनि किसानले लाभ पाएका छन् ।’’ अधिकांश किसानले धान भित्राए पनि ढिलो पाक्ने केही प्रजातिको धान भित्र्याउन बाँकी छ ।
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार यो वर्ष असार १५ सम्म जिल्लाका आठवटै स्थानीय तहमा गरेर करिब १५ प्रतिशत मात्रै धान रोपाइँ भएकोमा त्यसपछि निरन्तर प्रर्याप्त पानी भएपछि धान खेती हुने सबै खेतमा रोपाइँ भएपछि समग्र उत्पादनमा वृद्धि भएको हो । यसैगरी अघिल्लो वर्ष जस्तो सुख्खा, डुबान र बाढी नआएपछि धानको उत्पादनमा वृद्धि भएको हो ।
गोरखापत्रबाट
७ मंसिर २०८०, बिहीबार १७:४४ प्रकाशित