७ मंसिर, काठमाडौं । काठमाडौंको बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको छ ।
कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ ।
त्यही बेला युवासंघको र्याली बल्खुमा पुगेको थियो । युवा संघले भने तीनकुनेमा प्रदर्शन गर्दै छ ।
ढुंगामुढाबाट बल्खु आसपासमा केही संरचनामा क्षति पुगेको छ भने केही बाइक र गाडीमा पनि क्षति पुगेको छ ।
अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ । बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ ।
झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रम स्थलमा जान भनेको छ । ‘तपाईहरुको कार्यक्रम बल्खुमा हो भने जानुहोला, तीनकुने हो भने तीन कुनेमा जानुहोला चोकमा नबस्नुहोला’, माइकिङ गर्दै प्रहरीले भनेको छ ।





७ मंसिर २०८०, बिहीबार १२:४५ प्रकाशित