६ मंसिर, नेपालगन्ज । ईलाका प्रहरी कार्यालय धनौलीले सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा तिन जनालाई पक्राउ गरेको छ । २० वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई मंगलबार दिउँसो पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले पुष्टि गरेको छ ।
पक्राउ पर्नेहरुमा खजुरा गाउँपालिका-१ जलपोखरीका राना थरका २० वर्षिय युवा तथा थापा थरका अन्य दुई युवा रहेको प्रहरीले जनाएको छ । चार जना युवाको समुहले खजुरा गाउँपालिका-१ जलपोखरीस्थित अरहरी बारीमा लगि कात्तिक ३० गते पालै पालो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूमध्ये तीन जनालाई पक्राउ गरेको हो ।
हाल एक युवा भएकाले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
६ मंसिर २०८०, बुधबार १५:२३ प्रकाशित