गुडीरहेको जिपमा एक्कासी आगो दन्कीयो
  • काँचुली खबर

२ मंसिर, कोहलपुर । बाँकेमा गुडीरहेको यात्रुबहाक जिपमा एक्कासी आगोलागी भएको छ । कोहलपुरदेखि सुर्खेततर्फ जाँदै गरेको जिपमा एक्कासी आगलागी भएको हो ।

सुर्खेततर्फ जादै गरेको भे १ च ४४७० नम्बरको जिपमा एक्कासी आगलागी भएको हो । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ को देउरालीडाँडामा गुडिरहेको जिपमा बिहान ७ बजे आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी हुँदा नजिकैको प्रहरी र नेपाली सेनालाई खबर गरिएको गाडीमा मालिक लक्ष्मीराज अधिकारीले बताए ।

‘सुर्खेततर्फ जाँदै थियो, एक्कासी धुँवा आयो । हेर्दा त दनदनी आगो बल्यो’ उनले भने । निभाउन प्रयास गरीएपनि जंगलमा पानीको सुविधा नभएका कारण निभाउन नसकिएको उनले बताए ।

विहान ७ बजे लागेको आगो साँझा ३ बजेसम्म दन्किरहेको प्रत्यक्षदर्शीले बताएका छन । आगलागीबाट सोनालिका कम्पनीको राइनो आरएक्स जिप खरानी भएको गाडी मालिक अधिकारीले बताए ।

आगलागीबाट मानबिय क्षती भने नभएको अधिकारीले बताए ।

  • २ मंसिर २०८०, शनिबार १७:५५ प्रकाशित
  • Nabintech