नरैनापुरमा कल्भर्टमुनि फेला परेको शवको पहिचान खुल्यो
  • काँचुली खबर

१ मंसिर, नेपालगन्ज । बाँकेको नरैनापुरमा बिहीबार कल्भर्टमुनि फेला परेको बेवारिसे पुरुषको शवको पहिचान खुलेको छ ।

कल्भर्टमुनि फेला परेको उक्त शव भारतीय नागरिकको रहेको पुष्टि भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । उक्त शव भारतको श्रावस्ती जिल्ला मल्लिपुर थाना भगराका अन्दाजी ५० वर्षीय बिलाख निसादको रहेको उनले जानकारी दिए ।

प्रहरी निरीक्षक रायमाझीका अनुसार उनी नरैनापुर-२ बेलचहवास्थित आफ्नो छोरीको घरमा जान्छु भनी कात्तिक २८ गते दिउँसो २ बजेतिर घरबाट हिँडेका थिए । तर उनी छोरीको घरमा पुगेनन् । बिहीबार दिउँसो उनको शव कल्भर्टमुनि जमेको पानीमा डुबेको अवस्थामा फेला परेको थियो ।

उनका आफन्त पनि भारतबाट आइसकेकाले भेरी अस्पतालमा पुगेर शवको पोष्टमार्टम गर्ने तयारी गरिएको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिए । घटनाका बारेमा अनुसन्धान भइरहेको उनले बताए ।

मृतकको शव नेपालगञ्ज नरैनापुर हुलाकी सडक खण्डमा पर्ने नरैनापुर गाउँपालिका-३ गेगलीनजिक रहेको कल्भर्टको मुनि जमेको पानीमा डुबेको अवस्थामा बिहीबार दिउँसो फेला परेको थियो ।

  • १ मंसिर २०८०, शुक्रबार १४:३५ प्रकाशित
  • Nabintech