२९ कात्तिक, बैजनाथ । बाँकेकाे बैजनाथ गाँउपालिकामा संचालित ‘एस क्लब क्रिकेट कप-२०८०’ काे उपाधि हसनापुर क्लबले उचालेकाे छ । मंगलबार स्थानिय लालपुर खेल मैदानमा भएकाे फाईनल खेलमा आयाेजक एस क्लबलाई ३ रनले हराउँदै हसनापुर (बी) ले उपाधि जितेकाे हाे ।
उपाधि जितेसँगै हसनापुर (बी) क्लबले ट्रफी सहित ५० हजार नगद पुरस्कार पाएकाे छ भने उपबिजेता एस क्लबले ट्रफी र २० हजार पुरस्कार पाएकाे छ । बिजेता तथा उपबिजेता टिमलाई बैजनाथ गाउपालिका वडा नं. ६ का वडाध्यक्ष भुपाल पुन मगरले ट्रफि तथा नगद पुरस्कार बितरण गरेका थिए ।
प्रतियाेगिताकाे उत्कृष्ट खेलाडिका रूपमा हसनापुर (बी) का खेलाडि लभकुश यादवलाई पुरस्कृत गरीएकाे थियाे ।
प्रतियाेगिताकाे फाईनल खेलमा टस जितेर पहिले ब्याटिङ राेजेकाे हसनापुर (बी) क्लबले निर्धारीत १५ ओेभरमा १० विकेट गुमाउँदै ६४ रन जाेडेकाे थियाे । १३.५ ओेभरमा सबै विकेट गुमाएर ६५ रनकाे लक्ष्य प्रस्तुत गर्ने क्रममा हसनापुर (बी) का खेलाडि लभकुश यादवले सर्वाधिक २० रन जाेडेका थिए भने प्रनित तामाङले १५ र अमर सिंह रम्टेलाले १३ रन जाेडेका थिए ।
जितका लागि ६५ रनकाे लक्ष्य पछ्याएकाे आयाेजक टिमले निर्धारित १५ ओभरमा ६१ रन मात्र बनाउन सक्याे । पछिल्लाे क्रमका खेलाडिहरूले निकै आक्रामक खेलेपनि अघिल्ला क्रमका खेलाडिहरू टिक्न नसक्दा एस क्लब उपाधिबाट बन्चित भएकाे थियाे ।
गत कात्तिक २३ गतेबाट बैजनाथ गाउपालिका वडा नं. ६ स्थित लालपुर खेल मैदानमा संचालन गरीएकाे प्रतियाेगितामा जिल्लाभित्रका १२ वटा टिमकाे सहभागीता रहेका आयाेजकले जनाएकाे छ । प्रतियाेगितालाई आगामि दिनमा समेत निरन्तरता दिदै स्थानिय खेलाडि उत्पादनमा जाेड दिईने बताईएकाे छ ।
२९ कार्तिक २०८०, बुधबार ०७:४४ प्रकाशित