पत्रकार वेल्वासेद्वारा पत्रकारीता पुरस्कारकाे घाेषणा
  • काँचुली खबर

२५ कात्तिक, काेहलपुर । नेपाल पत्रकार महासंघ बाँकेका पुर्व सहसचिव तथा प्रेस चौतारी केन्द्रिय अनुशासन आयोगका सदस्य विष्णु प्रसाद वेल्वासेले आफ्ना स्वर्गिय पिता दुर्गा प्रसाद वेल्वासेको स्मृतीमा पत्रकारीता पुरस्कारकाे घोषणा गरेका छन ।

कोहलपुर क्षेत्रमा क्रियाशिल पत्रकारहरुको हौसला बढाउने उद्धेश्यका साथ प्रत्येक वर्ष मंसिर ५ गते एकजनालाई प्रदान गर्ने गरी स्वा. दुर्गा स्मृती पत्रकारीता पुरस्कार घोषणा गरीएकाे वेल्वासेले बताए ।

शुभ दिपावली, छठ तथा नेपाल सम्वतका अवसरमा आज शनिवार प्रेस चौतारी नेपाल नगर कमिटी कोहलपुरले आयोजना गरेकाे शुभकामना आदान प्रदान कार्यक्रममा केन्द्रिय अनुशासन आयोग सदस्य वेल्वासेले हरेक वर्ष पाँच हजार पाँच सय पच्पन्न रुपैया सहितको पत्रकारीता पुरस्कारको घोषणा गरेका हुन ।

तीन वर्षसम्म आफ्नै प्रत्यक्ष संलग्नतामा पुरस्कार वितरणको ब्यबस्था मिलाईने घाेषणा गर्दै वेल्वासेले भने ‘तीन वर्षभित्र प्रेस चौतारी नेपाल कोहलपुर नगर कमिटीको नाममा वर्षमा पुरस्कार राशि बरावरको रकम ब्याज आम्दानि गर्ने गरि अक्षयकोष खडा गर्ने घाेषणा गर्दछु ।’

यस वर्षको स्वा. दुर्गा स्मृती पत्रकारीता पुरस्कार मंशिर ५ गते प्रदान गरिने भन्दै वेल्वासेले चौतारीमा आबद्ध भएकालाई मात्र नभई अन्य संगठनमा रहेर पत्रकारीता गरिरहेका पत्रकारहरुलाई समेत उक्त पुरस्कार निष्पक्ष रुपमा प्रदान गरिने बताए ।

प्रेस चौतारी नेपाल कोहलपुर नगर कमिटीले आयोजना गरेको शुभ दिपावली, छट तथा नेपाल संबतका अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम तथा चियापान कार्यक्रममा बाँके क्षेत्र नं. १ का माननिय सांसद सुर्य प्रसाद ढकालले अहिले देशमा अर्थतन्त्र शिथिल भएको, उद्योग कलकारखाना बन्द रहेको, विदेशि सहयोग ठप्प भएको र देश चलायमान हुन नसकेको भन्दै समाजलाई अराजकताको दिशाबाट जोगाउने तथा सकारात्मक सन्देश आउने खालका कुराहरु सञ्चारकर्मिहरुले प्रवाह गर्नुपर्ने बेला आएकाे बताए ।

कोहलपुरको अर्थराजनितीलाई प्रभाव पार्ने परियोजनाहरु चप्परगौंरी घुईयावारी सडक खण्ड, कोहलपुर रिङरोड, कोहलपुर कर्भट हल, अन्तराष्ट्रिय क्रिकेट मैदान, बाल अस्पताल जस्ता परियोजनाहरु भएको उल्लेख गर्दै जन प्रतिनिधिहरुलाई जवरजस्त रुपमा ति परियोजनाहरुमा लाग्न जनस्तरबाट खबरदारीकाे आवश्यकता रहेको उनले जिकिर गरे ।

लुम्बिनी प्रदेश सभा सदस्य एवं पुर्व वन तथा वातावरण मन्त्रि दुर्गा प्रसाद चौधरीले भौतिक विकास र सुख सयल भएपनि नेपाली सन्तुष्ट हुन नसकेकाे भन्दै चिन्ता व्यक्त गरे । कुरा भन्दा काम गरौं, जति सकिन्छ त्यती बोलौं समयको सदुपयोग गरौं भन्ने सन्देश सवैमाझ जानु आजको आवश्यकता भएको औंल्याउदै थारूले आम नागरिकहरुलाई उत्पादनसंग जोडिनपर्नेमा जाेड दिए ।

युवा नेता युवा नेता अर्जुन जंग शाहले सुरक्षाका दृष्टिले पत्रकारीता क्षेत्र निकै संबेदनशिल भएको उल्लेख गर्दै एकले अर्कोलाई सहयोग र सदभावका साथ समाजको सकारात्मक दिशा बदल्ने अभियानमा लाग्न आम संचारकर्मिहरुलाई आग्रह गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टि कोहलपुर नगर समितीका सभापति भरत पनेरुले अहिले निर्वाचित जनप्रतिनिधिहरु फेल हुने अधिकार नभएको भन्दै खवरदारी र विकासमा सञ्चारकर्मिहरुको अहम भुमिका रहेको उल्लेख गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश सदस्य सरला सुवेदी, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्मा, प्रेस सेन्टरका लुम्विनी प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, प्रेस चौतारी बाँकेका उपाध्यक्ष बिनोद भट्टराई, नागरिक उन्मुक्ति पार्टिका जिल्ला सचिव भुम भण्डारी, नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खडका, प्रेस सेन्टर कोहलपुर नगर कमिटी अध्यक्ष पुष्पराज हमाल, क्रियाशिल पत्रकार समुह कोहलपुरका अध्यक्ष निर्मल आचार्य लगाएत बिभिन्न प्रेस संबद्ध संघ संगठनका प्रतिनिधिहरुले शुभकामना सहित कोहलपुरमा रहेर गरिने पत्रकारीता र निरन्तर जमघट हुने वातावरण बनाउन सबै केन्द्रीत हुनुपर्ने सुझाव समेत दिएका थिए ।

प्रेस चौतारी नगर कमिटीका अध्यक्ष प्रमोद रिजालको अध्यक्षतामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमको सञ्चालन रवि राकायले गरेका थिए  ।

  • २५ कार्तिक २०८०, शनिबार १८:१६ प्रकाशित
  • Nabintech