२० बैशाख २०८१, बिहीबार
बाँकेमा अनौठो घटना : चोरी भएको सुन र नगद चोरले फिर्ता गरीदिए
  • काँचुली खबर

२४ कात्तिक, कोहलपुर । चोरले चोरी गरेर लीएको सामान सकुशल फिर्ता गरीदिएका छन । बाँकेको राप्तीसोनारी गाँउपालिका-९ बागेसालमा चोरी भएको नगद र सुन चोरले तिनदिनपछि आँगनमा छाडेर गएका छन ।

स्थानिय बुद्धबीर वलीको घरबाट चोरले मङ्गलबार राति घरमा कोही नभएको समयमा ताला फोडेर तोडेर एक थान तिलहरी र ४५ हजार रुपियाँ नगद चोरेर लगेका थिए । तर चोरी भएको तिन दिनपछि सोही तिलहरी र केही नगद रुपियाँ गएराति घरधनिकै आँगनमा लगेर राखिछाडेको भेटिएको स्थानियले बताएका छन ।

नगद र तिलहरी चोरी भइसकेपछि वलीले प्रहरीमा उजुरी दिएका थिए । “घरमा भएको तिलहरी र नगद पैसा चोरी भएपछि हामीले प्रहरीकोमा उजुरी निवेदन दिएका थियौं” बुद्धबीर वलीका छोरा प्रेम वलीले भने “मङ्गलबार राति चोरी भएको तिलहरी र नगद ४५ हजारमध्ये चोरले गएराति तिलहरी र २३ हजार ३ सय ६० रुपियाँ घरको आँगनमा छोडेर गएछ, बाँकी पैसा पनि फिर्ता गरिदिए हुन्थ्यो ।”

मङ्गलबार राति चोरेर लगेको नगद ४५ हजारमध्ये चोरले २३ हजार ३ सय ६० रुपियाँ वलीको घरको आँगनमा ल्याएर छोडेको छ । चोरले तिलहरी भने फिर्ता गरिदिएको छ ।

घरमा तिलहरी र नगद चोरी भएपछि बुद्धबीर वलीले खोजतलासका लागि बुधबार निवेदन दिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । चोरको खोजतलास तथा अनुसन्धान भइरहको कोहलपुर प्रहरीले जानकारी दिएको छ ।

  • २४ कार्तिक २०८०, शुक्रबार १९:३२ प्रकाशित
  • Nabintech