उपभोक्ता हित संरक्षण मञ्च कोहलपुरको अध्यक्षमा बेल्बासे चयन
  • काँचुली खबर

२४ कात्तिक, कोहलपुर । उपभोक्ता हित संरक्षण मञ्च कोहलपुर नगरको अध्यक्षमा पत्रकार एवं सामाजिक अभियान्ता विष्णु प्रसाद बेल्बासे चयन भएका छ्न। मञ्चका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रभात सिह ठकुरीको आतिथ्यतामा भएको भेलाले बेल्बासेलाई अध्यक्षमा सर्बसमत चयन गरेको हो ।

सात सदस्यीय समितिको उपाध्यक्षमा रेडियो मिसनका स्टेशन म्यानेजर बैकुण्ठ अधिकारी, सचिवमा युथ मिडिया हबका निर्देशक हुमहरी भट्टराई, सह सचिवमा सरला सुवेदी, कोषाध्यक्षमा प्रतिमा कडेल र सदस्यमा ब्राइटलाइट एकेडेमीका सस्थापक गोबिन्द चौधरी र शिक्षक केशवराज रिजाल चयन भएका छन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

कार्यक्रमका प्रमुख अतिथी उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेश उपाध्यक्ष ठकुरीले भेलालाई सम्बोधन गर्दै बजारबाट उपभोक्ताहरु ठगिन र अखाद्य बस्तु बिक्रीवितरणमा रोक लगाउनका लागि नगर पालिकाको समन्वयमा काम गर्नुपर्ने बताए ।

नव निर्वाचित अध्यक्ष बेल्वासेले जन सरोकारका विषयमा अनुगमन गर्दै आम उपभोक्ताहरुलाई सचेत गराउने र उपभोक्ताका हर सवालमा आवाज अठाउने बताए । उनले बजारमा देखिएका बेथिती र बिकृतीलाई न्युनिकरण गर्न उपभोक्त हित संरक्षण मञ्च कोहलपुर सदैव क्रियाशिल रहने समेत बताए ।

  • २४ कार्तिक २०८०, शुक्रबार १६:१२ प्रकाशित
  • Nabintech