आर्मिले उचाल्याे काेहलपुर गाेल्डकपकाे उपाधि
  • काँचुली खबर

२३ कात्तिक, कोहलपुर । मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० को उपाधि त्रिवन आर्मी क्लवले उचालेकाे छ । मंगलबार भएको  फाइनल खेलमा त्रिभुवन आर्मीले चर्च व्वाईजलाई २-० गोेलले पछि पार्दै उपाधि जितेकाे हाे ।

उपाधिसँगै त्रिभुवन आर्मीले८ लाख नगद र ट्रफि पाएकाे छ भने उपबिजेता भएकाे चर्च व्वाईजले ४ लाख नगद पाएकाे छ ।

त्रिभुवन आर्मीका खेलाडी सराज श्रेष्ठले खेल सुरु भएको ३२औं मिनेटमा गोल गर्दै खाता खाेलेका थिए । दोस्रो हापको ७६औं मिनेटमा मान बहादुर आले अर्काे गाेल गर्दै आर्मिकाे जित सुनिश्चित गरेका थिए ।

त्रिभुवन आर्मीका खेलाडी मान बहादुर आले मगरलाई म्यानअफ द म्याज घोषित भए ।

  • २३ कार्तिक २०८०, बिहीबार ०८:३८ प्रकाशित
  • Nabintech