कोहलपुर गोल्डकपकाे फाईनलआज, बिजेताले ८ लाख पाउने
  • काँचुली खबर

२२ कात्तिक, काेहलपुर । बाँकेको कोहलपुरमा जारी “मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता-२०८०” को उपाधिका लागि आज फाईलन खेल हुँदै छ । कोहलपुरस्थित तेह्र बिगाह खेल मैदानमा हुने फाईलन खेलमा त्रिभुवन आर्मी क्लब र चर्च व्वाईज क्लब भिड्दै छन ।

फाईलन खेल आज दिउँसाे २:३० बजे हुने काेहलपुर गल्डकपका खेल संयाेजक राम बहादुर मल्लले जानकारी दिए । प्रतियाेगिताकाे बिजेता टिमले ट्रफी सहित ८ लाख नगद पुरस्कार र उपबिजेताले ४ लाख नगद पुरस्कार पाउने आयाेजकले जनाएकाे छ ।

फाईनल खेल हेर्नकालागि टिकटकाे ब्यवस्था गरीएकाे मल्लले बताए । खेल संयाेजक मल्लका अनुसार प्याराफिटकालागि १०० र प्याराफिट बाहिर ५० रूपैयाँ टिकट दर कायम गरीएकाे छ ।

दुबै टिमकाे जित्ने दावी

त्रिभुवन आर्मीका कप्तान भरत खवासले आफुले राष्ट्रिय खेलदेखि लिग हुँदै ‘ए’ डिभिजनका खेल खेलेको र आफ्नो टिमको कडा प्रदर्शन गर्ने बताए । आफ्नो टिममा २ जना राष्ट्रिय खेलाडी र अन्य स्थानिय खेलाडीहरु भएकोले उपाधि हात पार्ने खवास ढुक्क छन् ।

त्रिभुवन आर्मीका कोच आदर्श मल्ले आफ्नो पहिचान नभुल्ने बताए । ‘खेलमा रफ हुँदैन,’ उनले भने, ‘अनुशासनमा रहेर खेल हुन्छ ।’ मल्ले कोहलपुरमा आफ्नो टिम ल्याउन र खेलमा सहभागि हुन पाउँदा आयोजकसंगै व्यवस्थापक टिमलाई समेत धन्यवाद दिए ।

यस्तै चर्च व्वाईजका कप्तान विकु राई पनि उपाधि जित्नेमा ढुक्क छन् । राईले आफ्नो टिममा सबै एउटै उमेर समूहका खेलाडी भएकाले आफुले भनेजस्तो र सोचेजस्तो खेल हुने दावी गरे ।

प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी ८ टोलीको सहभागिता रहेको थियाे ।

  • २२ कार्तिक २०८०, बुधबार १०:१२ प्रकाशित
  • Nabintech