२२ कात्तिक, काेहलपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जिल्ला समन्वय समिति बाँकेको बिस्तारित बैठक सम्पन्न भएको छ । बैठकमा तिन महिने अभियानको समीक्षा र आगामी कार्ययोजना निर्माण गरिएको जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सले जानकारी दिए ।
बैठक लाई सम्बोधन गदै माओवादी केन्द्रका उप-महासचिव एवं लुम्बिनी प्रदेशका इन्चार्ज हितमान शाक्यले नयाँ ढङ्गको पार्टी निर्माण गर्नुपर्नेमा जोड दिएका छन । समाजवाद निर्माणका लागी नयाँ ढङ्गको पार्टी आवश्यकता रहेको उनको जोड थियो ।
जाजरकोट र रुकुमका भुकम्प पिडीतहरुकालागी राहतमा परिचालित हुन पनि उनले निर्देशन दिए । कार्यक्रममा पूर्व मुख्यमन्त्री एवं स्थाई समिति सदस्य कुल बहादुर केसी, लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बराल, पोलिटब्युरो सदस्य एवं थारू नेता सन्तकुमार थारू, केन्द्रीय सदस्य कृष्णा केसी नमुना, लुम्बिनी प्रदेश उपाध्यक्ष दुर्गा बहादुर थारू, नेताहरू प्रकाश सुवेदी, अशोक रोकाय, डम्बर बिक तुफान लगायतको सहभागिता रहेको थियो ।
बैठकले अभियानको हालसम्मको समीक्षा गर्दै आगामी काम अन्तर्गत संगठन निर्माण, पार्टी सदस्यता नवीकरण, भेला, बैठक र जनसेवाका कामको योजना बनाएको जिल्ला सचिव डिल्ली बरालले जानकारी दिए ।
२२ कार्तिक २०८०, बुधबार ०७:५८ प्रकाशित