कोहलपुर चौराहमा ‘नो पार्किङ’, बसपार्कभित्र गुट्का थुक्न मनाही
  • काँचुली खबर

२१ कात्तिक, कोहलपुर । कोहलपुर चौराह वरपरको क्षेत्रलाई ‘नो पार्किङ एरिया’ घोषणा गरीने भएको छ । सोमबार कोहलपुर नगरपालिका, ईलाका प्रहरी कार्यालय कोहलपुर, ट्राफिक प्रहरी, बसपार्क व्यवस्थापनको जिम्मा लिएको बागेश्वरी यातायात प्रालि लागायत सरोकारवालाहरु निकायबिच भएको छलफलबाट कोहलपुर चौराहलाई ‘नो पार्किङ एरिया’ घोषणा गर्ने सहमती भएको हो ।

कोहलपुर चौराहा वरपर जथाभावी गाडी पार्किङ गरेर यात्रु चढाउने तथा ओराल्ने काम बन्द गर्नुकासाथै कोहलपुर बसपार्कबाट मात्रै बस छुट्ने र रोकिने तथा यात्रु चढाउने र ओराल्ने विषयमा सरोकारवालाहरु एक मत भएका हुन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

छलफलमा आगामी दिनमा बसपार्कमा सबै यातायात प्रालिका कर्मचारीहरू अनिवार्य ड्रेस र आईडी कार्डमा आउनु पर्ने, गुटका खाएर जथाभावी थुकेमा कारबाहीको दायरामा ल्याइने, यातायात कर्मचारीले यात्रुहरू तानातान गरेमा कार्यवाहीको दायरामा ल्याइने सहमती समेत भएको बताईएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीले यातायात व्यवसायलाई मर्यादित बनाउँदै सुन्दर कोहलपुर बनाउने अभियान सुरु गरेको बताए । उनले चौराहा देखी ५ सय मिटर पूर्व पश्चिम र उत्तर दक्षिण एरियामा गाडी रोकेर यात्रु चढाउने र झार्ने गरेमा कारबाही गरीने बताए । उनले जथाभावी सावरी साधन रोक्दा दुर्घटनाको जोखिम बढेको भन्दै बसपार्क देखि मात्रै गाडी छुटाउन यातायात व्यवसायीलाई आग्रह गरिएको बताए ।

कोहलपुर १२ का वडा अध्यक्ष एवं कोहलपुर नगरपालिकाले गठन गरेको बसपार्क व्यवस्थापन समितका संयोजक बिरेन्द्र शाहले बसपार्क कोहलपुरको पहिचान भएको भन्दै यसलाई व्यवस्थित र मर्यादित बनाउनु पर्ने बताए । उनले बसपार्क सञ्चालन र व्यवस्थापन गर्न नगरपालिकाले ४१ बुँदे आचार संहिता बनाएको भन्दै त्यसको पूर्ण पालना गर्न आग्रह गरे ।

सोको पालना नगरे कार्यवाहीको दायरामा ल्याइने उनले बताए । बसपार्कको डिपिआरमा केही कमी कमजोरी भएका कारण समस्या आएको भन्दै आगामी दिनमा अपुग संरचना नगरपालिकाले निर्माण गर्ने शाहले जानकारी दिए । डिपिआर अन्तर्गत कोहलपुर बसपार्कदेखी उत्तर तर्फको गेट कोहलपुर नगरपालिकाले निर्माण गर्ने उनको भनाई छ ।

बागेश्वरी यातायात प्रालिका मन प्रसाद आचार्यले सुन्दर कोहलपुर निर्माण गर्न सबैले हातेमालो गर्नुपर्ने भन्दै व्यवस्थित बसपार्क सबैको चासोको विषय बन्नु पर्ने बताए । उनले यातायात व्यवसायीका तर्फबाट हुने गरेको कमी कमजोरी सच्चाएर बसपार्कलाई कोहलपुरको पहिचान बनाउनु पर्ने बताए ।

  • २१ कार्तिक २०८०, मंगलवार १४:४८ प्रकाशित
  • Nabintech