धान दाउने क्रममा थ्रेसर मेसिनमा परी थारुको हात चुँडियो
  • काँचुली खबर

फाईल तस्बिर ।

२१ कात्तिक, कोहलपुर । बाँकेको बैजनाथमा धान दाउने क्रममा थ्रेसर मेसिनमा परी एक जनाको हात चुँडिएको छ । बैजनाथ गाउँपालिका-२ का ४१ वर्षीय रामगोपाल थारुको आफ्नै घरमा धान दाउने क्रममा मङ्गलबार बिहान पौन ३ बजेको समयमा थ्रेसर मेसिनमा परी दाहिने हात चुँडिएको वडा नं. २ का वडा अध्यक्ष राजु रुचालले जानकारी दिए । थ्रेसर मेसिनले काट्दा थारुको दाहिने हात कुमदेखि छुट्टिएको अध्यक्ष रुचालले बताए ।

हात काटिएपछि उपचारकालागि शिक्षण अस्पताल कोहलपुर पुर्‍याइएको र त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्जस्थित वेष्टर्न हस्पिटल ल्याइएको थारुका आफन्त रतन थारुले जानकारी दिए ।

वेष्टर्न हस्पिटलमा पनि चिकित्सकले उपचार सम्भव नहुने बताएपछि थारुलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो ।

शिक्षण अस्पतालमा पनि उपचारका लागि नसा, छाला तथा हाडजोर्नीसम्बन्धी सबै चिकित्सक आवश्यक पर्ने तर अहिले हस्पिटलमा सबै जना चिकित्सक उपलव्ध नभएकाले थप उपचारका लागि रामगोपाललाई भारतको लखनउ लगिएको रतनले जानकारी दिए ।

  • २१ कार्तिक २०८०, मंगलवार १३:५३ प्रकाशित
  • Nabintech